दोस्रो चरणको निर्वाचन असार ९ गते


प्रकाशित मिति : जेष्ठ १५, २०७४ सोमबार

जेठ ३१ गते गर्ने भनिएको नेपालको दोश्रो चरणको स्थानीय तहको चुनाव एकसाता पर सारिएको छ । मन्त्रिपरिषद्को बैठले निर्वाचन पर सार्ने निर्णय गरेको हो । राजपालाई समेत निर्वाचनमा सहभागी गराउने भन्दै निर्वाचन पर सारिएको हो ।

प्रमुख तीन दलका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले दिएको सुझावका आधारमा निर्वाचन सारिएको जनाइएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको नयाँ मिति तय गरेको हो।

यसअगाडि पहिलो चरणको निर्वाचन बैशाख ३१ गते भएको थियो । पहिलो चरणको निर्वाचनको परिणाम आउने क्रम अब अन्तिम चरणमा रहेको छ । पहिलो चरणको निर्वाचनमा एमालेले सबैभन्दा धेरै , तयसपछि काँग्रेसले र तेश्रोमा माओवादी केन्द्रले जितेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com