टिकटकको संचालक कम्पनी बाइटडान्सको आम्दानी दोब्बरभन्दा धेरैले बृद्धि


प्रकाशित मिति : असार ३, २०७८ बिहीबार

टिकटकको संचालक कम्पनी बाइटडान्सको आम्दानी सन् २०२० मा अघिल्लोबर्षको तुलनामा १११ प्रतिशत बढेर ३४ दशमलव ३ बिलियन डलर पुगेको छ । खुद नाफा पनि ९३ प्रतिशतले बढेर १९ बिलियन डलर पुगेको छ ।

बाइटडान्सका टिकटक लगायतका विभिन्न एप्लीकेशनमा सन् २०२० को अन्त्यसम्म १ दशमलव ९ बिलियन प्रयोगकर्ताहरु रहेका थिए । आफ्ना प्लेटफर्महरुमा विज्ञापन नै कम्पनीको आम्दानीको मुख्य श्रोत रहेको जनाइएको छ ।

कम्पनीले सन् २०२० मा भने कैयन झमेलाहरु झेल्नुपरेको थियो । तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटिकलाई प्रतिबन्ध लगाउन कार्यकारी आदेश जारी गरेका थिए भने चीनमै पनि व्यक्तिगत विवरण संकलनका सन्दर्भमा झमेला बेहोर्नु परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक तथ्यांक अनुशार अमेरिकामा टिकटक प्रयोगकर्ताहरु सबैभन्दा धेरै रहेका छन् भने त्यसपछि सबैभन्दा धेरै प्रयोगकर्ताहरु इन्डोनेसिया, रसिया, जापान, फ्रान्स, जर्मनी, युके र इटलीमा रहेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com