न्युयोर्कको क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र सरिता र बसन्जी छनौट


प्रकाशित मिति : असार २, २०७८ बुधबार

दुई नेपाली चलचित्रहरु न्युयोर्कको प्रतिष्ठित क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा छनौट भएका छन् ।

इटालियन फिल्ममेकर सर्जियो बासोद्धारा निर्देशित सरिता, र अमेरिकन फिल्ममेकर इयान स्कटद्धारा निर्देशित बसन्जी, फेस्टिभलमा छनौट भएका हुन् ।

मिथिला शर्मा, सरिता गिरी लगायत कलाकारको अभिनय रहेको बसन्जी एक थ्रिलर चलचित्र हो भने सरिता चलचित्रमा नेपालमा रहेका भुटानी शरणार्थीको कथा समेटिएको छ जहा अधिकांश पात्रहरु भुटानी नै छन् ।

समिक्षकहरुले दुबै चलचित्रलाई निकै राम्रो प्रतिक्रिया दिएका छन् भने बसन्जी चलचित्रलाई प्रमुख अवार्डको दाबेदारको रुपमा हेरिएको छ । दुबै चलचित्रहरु यहि जुन् २६ र २७ तारिखका दिन न्युयोर्कको क्विन्समा अवस्थित शेर्पा किदुगको हलमा देखाइंदै छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फिल्म हेर्नका लागि आयोजकले फेस्टिभलको वेभसाइटमा टिकटको व्यवस्था गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com