पत्रकार महासंघ यूके अध्यक्षमा ध्रुवराज अर्याल विजयी, हुलाकबाट मतपत्र पठाएर निर्वाचन


प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आईतबार

नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अत्याधिक मतसहित अर्याल अध्यक्षमा निर्वाचित भए ।

निर्वाचन समितिले घोषणा गरेको नतिजाअनुसार अध्यक्ष निर्वाचित अर्यालले २६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुईंटेलले १६ मात्र मत पाए । अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।

त्यसैगरी, शाखाको वरिष्ठ उपाध्यक्षमा ३२ मतसहित दिनेशकुमार परियार विजयी भए । उनका प्रतिस्पर्धी सञ्जयभक्त कंडेलले १० मत मात्र पाए । महासचिव पदमा २७ मत ल्याएर नरेन्द्र बस्नेत विजयी भएका छन् । उनका प्रतिस्पर्धी जगन कार्कीले १५ मत प्राप्त गरे ।

शाखाको १५ सदस्यीय कार्यसमितिका अन्य सबै पद निर्विरोध भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि निर्वाचन भएको हो । जम्मा ४३ मतदातामध्ये ३८ जनाले पोस्टल मतदान गरेका थिए भने बाँकी ५ जनाले आइतबार प्रत्यक्ष मतदान गरेका हुन् । ति मध्य १ भोट बदर भएको थियो । हुलाकबाट मतपत्र पठाएर विदेशमा कुनै पनि नेपाली संस्थाको निर्वाचन गरिएको सम्भवत यो पहिलोपटक हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँचौं कार्यसमितिको अध्यक्ष निर्वाचित अर्याल शाखाका पहिलो निर्वाचित अध्यक्ष बनेका छन् । यसअघिका चार वटै कार्यकालका अध्यक्ष सहमतिमै चयन भएका थिए ।

यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका अर्यालले त्यसअघि शाखाको उपाध्यक्ष र कार्यसमिति सदस्यका रुपमा काम गरिसकेका छन् ।

नवनिर्वाचित अध्यक्ष अर्याल पछिल्लो १२ वर्षदेखि बेलायतमा क्रियाशिल पत्रकार हुन् । लण्डनबाट प्रकाशन हुने नेपाली लिंकका सम्पादक उनी अन्नपूर्ण राष्ट्रिय दैनिकका बेलायत संवाददाता पनि हुन् । यसअघि उनले बेलायतबाटै सञ्चालित नेपाली टिभी र युरोपको नेपालीपत्रमा लामो समय काम गरेका थिए । डेढ दशकअघि नेपालमा एबिसी टेलिभिजिनबाट पत्रकारिता शुरु गरेका उनी त्यसयता कयौं राष्ट्रिय मिडियाहरु समेतमा आबद्ध रहेर पत्रकारितामा निरन्तर सक्रिय छन् ।

पत्रकार महासंघ बेलायतको नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इंग्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका छन् । कार्यसमितिका बाँकी तीन सदस्य पछि मनोनित गरिनेछन् ।

शाखाको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ ।

अधिवेशन केन्द्रिय प्रतिनिधि वरिष्ठ पत्रकार भगिरथ योगीले निर्वाचित समितिलाई शपथ खुवाएका थिए ।

शाखाको पाँचौं समितिको निर्वाचन रमेश सराङकोटी नेतृत्वको निर्वाचन समितिले गराएको थियो । समितिमा शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य तथा सोलिसिटर दीपक भट्टराई कानूनी सल्लाहकार थिए ।

शाखालाई यसअघि नवीन पोखरेल र चिरन शर्माले एकएक तथा नरेश खपांगीमगरले दुई कार्यकाल नेतृत्व गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com