डिभी पीडित र टीपीएसवाहकदेखि नेपाललाई खोपसम्ममा नेपाली मूलका अमेरिकी राज्य सांसद भण्डारीको साथ


प्रकाशित मिति : जेष्ठ २५, २०७८ मंगलबार

– अनिल अधिकारी

नेपाल लगायत एसियाका मुलुकहरुलाई अमेरिकाले करिब ७० लाख डोज खोप उपलब्ध गराउने भएको छ । अमेरिकाबाट नेपालबाट खोप उपलब्ध गराउनका लागि विभिन्न तहबाट विभिन्न प्रयासहरु भएका थिए । राष्ट्रपति बिद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खोप उपलब्ध गराईदिन पत्र लेखेकी थिईन् ।अमेरिकामा रहेका नेपालीहरुले आफ्नो क्षेत्रका जनप्रतिनिधिहरुलाई फोन गर्नेदेखि हस्ताक्षर अभियान संचालन गर्नेसम्मका काम भए ।

त्यसमध्ये मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य ह्यारी भण्डारीले नेपाल सरकारको औपचारिक आग्रहलाई सार्थकता प्रदान गर्न खेलेको सहयोगी भूमिका पनि उल्लेखनीय छ ।

राज्य बिधान सभा सदस्य भण्डारीले स्टेट डिपार्टमेन्ट यूएसएआईडी व्यवस्थापन तथा अन्तराष्ट्रिय बिकास अध्यक्ष बेन कार्डिन र विश्व स्वास्थ्य उपसमिति अध्यक्ष सिनेटर क्रिस भ्यान होलेनलाई औपचारिक रुपमा नै पत्र लेखेका थिए । नेपालले भारत र चीनलाई औपचारिक आग्रह गरेकै बखत बिधान सभा सदस्य भण्डारीले अमेरिकी सरकारका उच्चपदस्थ अधिकारीहरुसमक्ष नेपाललाई खोप सहायताका लागि आग्रह गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी ।

खसोखाससँग कुराकानी गर्दै भण्डारीले भने – ‘आफु जन्मिएको देशका नागरिकलाई अप्ठ्यारो पर्दा सहयोग गर्न पाउनु आफैमा गर्वको कुरा हो ।’

अमेरिकी सरकारले नेपाललाई पनि खोप उपलब्ध गराउने औपचारिक निर्णय भएपछि ग्लोबल हेल्थ इस्युमा काम गरिरहेका क्रिस भ्यानले भण्डारीलाई इमेल लेखेर नेपालका लागि यस्तो विषम परिस्थितिमा काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

यसअघि नेपाललाई खोप उपलब्ध गराउने बिषयमा पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा विश्व स्वास्थ्य उपसमिति अध्यक्ष क्रिस भ्यान होल्यान, अमेरिकामा रहेका उच्च अधिकारीहरुले बिधान सभा सदस्य भण्डारीको नेतृत्वमा जुम बैठक समेत गरेका थिए ।

भण्डारी अमेरिकाको मेरिल्याण्ड राज्यको संसदमा तल्लो सदनका निर्वाचित राज्य सांसद हुन् । नेपालको पर्वत जिल्लामा जन्मिएका भण्डारीले करिव डेढ दशकदेखी अमेरिकी राजनीतिमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । भण्डारीले अमेरिकामा टीपीएसवाहकलाई ग्रिनकार्डको बाटोमा लैजान समेत राजनीतिक लविंग गरिरहेको जानकारी दिए ।

भण्डारीले भने – ‘टीपीएसवाहकका लागी बाइडेन प्रशासन समेत सकारात्मक रहेकाले नेपाली समुदायले ढोका ढकढक्याउनुपर्ने बेला भएको छ । मैले यस सन्दर्भमा काम गरिरहेको छु । तर नेपाली समुदायका नेता तथा एनआरएनको संस्थागत सहभागिता समेत आवश्यक छ ।’

भिसा नपाएका नेपाली डिभी विजेताहरुको समस्या समाधानका लागि आफूले अमेरिकी सरकारलाई औपचारिक आग्रह गरेको समेत भण्डारीले जानकारी दिएका छन् । भण्डारीले कोरोना महामारीमा समस्या झेलेका अमेरिकामा रहेको नेपाली समुदायलाई महत्वपूर्ण सहयोग गरिरहेका छन् ।

कभर फोटो : सिनेटर क्रिस भ्यान होल्यानका साथमा भण्डारी ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com