घट्यो वैदेशिक रोजगारीमा जानेको सङ्ख्या, आठ महिनामा ३१५ को मृत्यु


प्रकाशित मिति : जेष्ठ १४, २०७४ आईतबार

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारकोे सङ्ख्या चालु आर्थिक वर्षमा घट्दै गएको छ ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आव २०७३÷७४को आर्थिक सर्वेक्षणअनुसार अघिल्लो वर्षको तुलनमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्दै गएको उल्लेख छ । चालु आवको प्रथम आठ महिनामा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या एक लाख ८६ हजार १६६ रहेको छ । जसमध्ये पुरुष एक लाख ७६ हजार ८३१ जना र महिला नौ हजार ३३५ रहेको छ ।

सबैभन्दा बढी कतारमा ६२ हजार २६९, साउदी अरबमा ४३ हजार १८३, मलेसियामा ३८ हजार ४६४, युनाइटेड अरब इमिरेट्स (युयई)मा २६ हजार २५१, कुवेतमा पाँच हजार ६४८ जना र बाँकी अन्य देश रहेका छन् ।

आव २०६३/६४ देखि आव २०७२/७३ सम्ममा ३६ लाख १९ हजार ९८१ वैदेशिक रोजगारीमा गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । वैदेशिक रोजगारीमा जानेमध्ये एक दशमलव पाँच प्रतिशत दक्ष, २३ प्रतिशत अर्धदक्ष र ७५ दशमलव पाँच प्रतिशत अदक्ष कामदार रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत आवमा दुई दशमलव नौ प्रतिशतभन्दा कम रोजगारी वृद्धिदर रहेकामा यो चालु आवमा रोजगारी वृद्धिदर थोरै बढेर तीन प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ ।


आठ महिनामा ३१५ को वैदेशिक रोजगारको क्रममा मृत्यु

चालु आवको पहिलो आठ महिनामा ३१५ जना नेपालीको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३०८ पुरुष र सात महिला मृतक कामदारका परिवारलाई आर्थिक सहायता रकम रु नौ करोड ४० लाख १५ हजार वितरण गरियो ।

आव २०६५/६६ देखि २०७२/७३ सम्म पाँच हजार ३२८ पुरुष र ११६ महिला गरी जम्म पाँच हजार ४४४ जनाको वैदेशिक रोजगारकिो क्रममा मृत्यु भएको छ । यसरी मृत्यु भएका परिवारलाई बोर्डले रु ९२ करोड ५६ लाख ६९ हजार उपलब्ध गराएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com