माधव नेपाल समूहको निष्कर्ष : मन्त्रिपरिषदमा हेरफेर जनादेशमाथि घात (प्रतिवेदनसहित)


प्रकाशित मिति : जेष्ठ २३, २०७८ आईतबार

नेकपा एमालेको माधव नेपाल पक्षले कामचलाउ प्रधानमन्त्री रहेको अवस्थामा केपी ओलीले यही जेठ २१ गते मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेर संवैधानिक र लोकतान्त्रिक मूल्य, मान्यता र जनादेशमाथि घात गरेको निष्कर्ष निकालेको छ।

नेपाल पक्षको जेठ २२ मा बसेको स्थायी कमिटी बैठकले ‘आफैं निर्वाचनको घोषणा गर्दै कामचलाउ भएका प्रधानमन्त्रीबाट उक्त किसिमले मन्त्रिपरिषदमा हेरफेर गरिनु लोकतान्त्रिक राजनीतिक प्रणाली नै भत्काउनेतर्फको निर्लज्ज पाइला भएको’ उल्लेख गरेको हो।

यस्तै, दुई–दुई पटक संविधानसभाको निर्वाचन गरी जारी भएको नेपालको संविधानमा कामचलाउ सरकारका प्रधानमन्त्रीले संशोधन गर्न कार्यदल गठन गरिएको कुरा आपत्तिजनक र अलोकतान्त्रिक भएको भन्दै त्यसको भर्त्सना गरेका छन्।

स्थायी कमिटी बैठकबाट पारित प्रस्तावमा भनिएको छ, ‘नेकपा षडयन्त्रमूलक किसिमले विघटन भइसकेपछि पुनर्जीवित नेकपा एमालेको एकता र प्रभावकारिता कुनै पनि किसिमले कमजोर नहोस् भनेर हामीले गत फागुन २३ गतेपछि निरन्तर प्रयास गर्‍यौं। आज पर्यन्त हाम्रो प्रयास जारी छ। तर केपी ओलीले पार्टीलाई एकताबद्ध तुल्याउन हाम्रो सदासयपूर्ण प्रयासलाई महत्वहीन भएझैं व्यवहार गर्दै पार्टीलाई विभाजनको संघारमा पुर्‍याएका छन्।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल समूहले आफूहरुको कार्यदलका संयोजकलाई पार्टी सदस्यबाटै कथित निस्कासन गरी केपी ओलीले कार्यदलको औचित्यसमेत समाप्त गरी वार्तालाई दाउपेचको रुपमा दुरुपयोग गर्ने र वार्ताको औचित्य समाप्त गर्ने काम गरेको उल्लेख गरेको छ।

नेपाल समूहको स्थायी कमिटी बैठकको प्रतिवेदनको पूर्ण विवरण तलको लिंकमा

नेकपा (एमाले), केन्द्रीय कमिटीका सदस्यहरुको बैठकबाट पारित प्रस्तावहरु जेष्ठ २२, २०७८

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com