कर्णालीबाट सरकारमा कांग्रेसको ‘इन्ट्री’, दुई मन्त्री सहभागी हुने


प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार

नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट सरकारमा ‘इन्ट्री’ गर्दैछ। कांग्रेसको प्रदेशसभा संसदीय दलले सरकारमा जाने दुई मन्त्रीहरूको नाम टुंगो लगाएको छ। दलको शनिबार बसेको बैठकले प्रदेशसभा सदस्यद्वय दीनबन्धु श्रेष्ठ र यज्ञबहादुर विसीलाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्रीसमक्ष सिफारिस गरेको हो।

कर्णालीमा कांग्रेसको सर्मथनमा माओवादी केन्द्र नेतृत्वको सरकार छ। कांगे्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले श्रेष्ठलाई ऊर्जा तथा जलस्रोत विकास र यज्ञबहादुर विसीलाई सामाजिक विकासमन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्रीसमक्ष सिफारिस गरेको बताए। दुई मन्त्रीको नियुक्तिसँगै औपचारिक रूपमा कर्णालीमा कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार बन्नेछ। कर्णालीबाट र्काग्रेसले प्रदेश सरकारमा पहिलोपटक सहभागिता जनाउन लागेको हो।

२०७४ को प्रदेशसभा निर्वाचनपछि सात प्रदेशमध्ये सबैभन्दा पहिला कर्णालीबाट कांग्रेसले सत्ता साझेदारीको सुरुवात गरेको हो। मन्त्रीमण्डलमा हाल मुख्यमन्त्रीसहित तीन माओवादी र तीन स्वतन्त्रमन्त्री छन्। दुई मन्त्रीमा कांग्रेसको प्रतिनिधित्व भएसँगै कर्णालीमा आठ सदस्यीय मन्त्रीमण्डल बन्नेछ ।

मन्त्रीका लागि सिफारिस गरिएका श्रेष्ठ जुम्ला तथा विसी सुर्खेतबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन्। एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गत वैशाख ३ गते कांग्रेसले प्रदेशसभामा विश्वासको मत दिएको थियो। कांगे्रेसका छ र एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीको सरकार जोगिएको थियो । कर्णालीमा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका छ र राप्रपाका एक जना गरी ३५ सदस्यीय प्रदेशसभा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, कांग्रेस संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीका लागि १३ बुँदे आचारसंहिता जारी गरेको छ । सरकारमा सहभागी हुने मन्त्रीहरूले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता र सादा जीवनशैली अपनाउनुपर्ने, दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइनेलगायत आचारसंहिता बनाइएको छ । दलका नेता शाहीले संयुक्त सरकारमा प्रतिनिधित्व गर्नुपर्ने भएकाले बेग्लै आचारसंहिता बनाएर लागू गर्नुपरेको बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com