डेढ वर्षअघि सगरमाथामा हराएका दुईको शव फेला


प्रकाशित मिति : जेष्ठ १४, २०७४ आईतबार

सगरमाथा आरोहणका क्रममा हराएका दुई भारतीय नागरिकको शव भेटिएको छ ।

सगरमाथा आरोहणको पूर्वतयारीका क्रममा चौथो शिविर पुगेका भारतीय नागरिक ५८ वर्षीय परमेशचन्द्र नाथ र ५० वर्षीय गौतम घोष २०७२ चैत ४ गते बेपत्ता भएका थिए । त्यसबेला खोजी गर्दा नभेटएको भएपनि यसवर्ष हिउँ कम हुँदा उनीहरुको शव बाहिर देखिएपछि फेला परेका हुन् ।

उनीहरुको शव आज हेलिकोप्टरमार्फत राजधानी लगिएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

यसैबीच सगरमाथा आधार शिविरमा एक नेपालीको ज्यान गएको छ । गुदेल–५ घर भएका गोठकुवीर राईको शनिबार सगरमाथा आधार शिविरमा ज्यान गएको प्रनाउ बुढाथोकीले जानकारी दिनुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com