माधव नेपालपक्षीय जनवर्गीय संगठनको माग : पार्टीका सबै संरचनालाई जेठ २ मा फर्काऊ (विज्ञप्तिसहित)


प्रकाशित मिति : जेष्ठ २०, २०७८ बिहीबार

नेकपा एमालेको माधव नेपालपक्षीय जनवर्गीय संगठनहरुले पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनालाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीयतहसम्म क्रियाशील बनाउन माग गरेका छन्।

उनीहरुले बिहीबार संयुक्त वक्तव्य प्रकाशित गर्दै त्यसो नगरिए पार्टी र आन्दोलन विर्सजनको बाटोमा जान सक्ने चेतावनी दिएका छन्।

‘यदि त्यस्तो अवस्था आए हामी त्यसो हुन दिने छैनौं। जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘इतिहासको यो आदेश र आबश्यकता निम्ति नयाँ प्रतिबद्धता र दृढताका साथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौं।’

प्रेस विज्ञप्तिको पूर्ण विवरणका लागि तल क्लिक गर्नुहोला

Joint-Press-Statement-of-CPN-UML-mass-organization

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com