‘वारी जमुना, पारी जमुना’ गीतका गायक खेमराज गुरुङको निधन
प्रकाशित मिति : ९ भदौ २०७३, बिहिबार
‘वारी जमुना, पारी जमुना‘ गीतका गायक खेमराज गुरुङको निधन भएको छ । कलेजोमा समस्या भएपछि गुरुङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार भइरहेको थियो । गुरुङको बिहीबार दिउँसो निधन भएको हो ।
सखुवासभामा जन्मेका गुरुङ गीत संगीतमा लामो समयदेखि सक्रिय थिए । उनले गाएको पूर्वी पहाडको लोकभाका वारी जमुना पारी जमुना गीत निकै चर्चित भएको थियो । उनको एक दर्जन गीति एल्वम छन् ।





