सम्बन्ध विच्छेदका सात कारण


प्रकाशित मिति : जेष्ठ १४, २०७४ आईतबार

– गीता खत्री

बुँदागत कुरा गर्दा निम्न कारणहरुबाट लोग्नेस्वास्नीबीचको मायाप्रेम पतनमा पुग्छ ।

लोग्नेस्वास्नीबीच कटिबद्धताको कमी

हिन्दुहरुले बिबाहका अवसरमा अग्निलाई साक्षी मान्दै आप्mना सम्पूर्ण मान्यजन, इष्टमित्रहरु बन्धुबान्धवका सामुन्नेमा सात परिक्रमा गर्दै श्रीमानले श्रीमतीको रुपमा स्वीकार गर्दै जीवनभर श्रीमतीलाई मायाप्रेम गरिरहने, सुखी र खुसी बनाउने, कहिल्ले अनादर तथा घृणा गर्ने छैन भनी बाचाबन्धन गरेको हुन्छ भने श्रीमतीले पनि श्रीमानलाइ दुःखमा पनि सुखमा पनि साथ दिई यो जीवन पछि पनि उसैको साथ दिने बाचा गरेकी हुन्छिन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्य धर्मका मान्छेहरुको बिबाहमा पनि बिबाह मण्डपमै आप्mना सम्पूर्ण मान्यजन, इष्टमित्रहरु बन्धुबान्धवका सामुन्नेमा पण्डितको रोहवरमा पतिपत्नि दुबैले उस्तैउस्तै शपथ खाएका हुन्छन् । समयको अन्तरालमा लोग्नेस्वास्नीले ती शपथहरु पुरानो भएको जस्तो ठान्छन् । अनि आआप्mनै स्वार्थमा लिप्त हुन्छन र ती शपथको मूल्यमान्यतालाई भुल्छन् । एक आपसको त्यो विश्वासको बलियो पर्खाल जब ढल्छ त्यसलाई पुर्ननिर्माण गर्न प्रायः असम्भव जस्तै हुन जान्छ । त्यसैले त्यो विश्वासलाई टुटन नदिन बेलैमा दुबैले ध्यान दिनु पर्छ र समयसमयमा आआप्mनो प्रतिबद्धताप्रति स्मरण र समिक्षा गर्नु पर्छ । हामीले पच्चिस बर्षको, पचास बर्षको बिबाह बर्षगाँठ मनाउने गरेका छौं ।

उक्त अवसरमा हामी बिबाहका बखत देखाएका प्रतिबद्धतालाई नवीकरण गर्ने गर्दछौं । ती प्रतिबद्धताहरु नवीकरण गर्न पच्चिस बर्ष नपर्खि प्रत्येक बर्ष मनाउनु राम्रो हो चाहे लोग्नेस्वास्नीमात्र बसेर होस चाहे सबै मान्यजन, आप्mन्त तथा साथीभाइलाई बोलाएर होस । यसोगर्दा आपूबीच भएका सानातिना असमझदारीहरु दूर हुन जान्छ र सम्बन्ध विच्छेद हुनबाट बच्न सकिन्छ ।

लोग्नेस्वास्नीबीच अनावश्यक तर्कबिर्तक

जुनबेला केटाकेटी बिबाह बन्धनमा बाधिन्छन एकले अर्कालाई गहिरोसंग चिन्ने मौका नपाएको र अर्काको आनीबानी पनि थाहा नहुन सक्छन, त्यसैले निकै गहिरो मायाप्रेम देखाइरहेका हुन्छन् । भित्रि कुनै स्वर्थको कारणले बिबाह बन्धनमा बाँधिएको हो भने त्यो समय अनाएसम्म आप्mनो मनभित्रै लुकेरै बस्छ र समय आउनासाथ निकाल्छन् र आफनो फाइदाको कुरालाई अगाडि बढाउछन् । सच्चा हृदयले नगाँसिएको बन्धन बिस्तारै तर्कवितर्कका माध्यमबाट बढ्न थाल्छन् । फलस्वरुप विच्छेदनको अवस्थामा पुग्छ । यस्तो परिस्थितिबाट बच्न कहिले लोग्ने त कहिले स्वास्नीले तर्कविर्तकलाई अगाडि बढन दिनु हुन्न । एउटा आगो भए अर्को पानी बनि दिनु पर्छ ।

पतिपत्निबीच बद्दो व्यभिचारको शँका

कतिपय समयमा व्यभिचारले बैबाहिक जीवनलाई नष्ट गरिदिन्छ । केही मान्छे स्वाभावैले व्यभिचार आगाल्ने स्वाभाव लिएर जन्मेका हुन्छन । उनिहरुलाई राम्रो र नयाँ मान्छे देख्नै हुन्न । उनिहरुमा कुदृष्टि जन्मी हाल्छ । पैसा, मान प्रतिष्ठा छ भने त्यसलाई जसरी भएपनि लिन लागी पर्छन, होइन भने मौकाको प्रतिक्षामा बस्छन् । कुनै बेलामा मान्छे परिस्थितिको शिकार बन्न पनि पुगेको हुन्छ । व्यभिचार अनैतिक काम हो भन्ने जान्दाजान्दै पनि त्यसमा होमिन पुग्छन् । हाम्रो समाजमा लोग्नेले गरेको व्यभिचारलाई चुपचाप पचाउने र स्वास्नीले गरेका व्यभिचारलाई सहन नसक्ने स्थितिमा छ । समानताको हिसाबले यो मान्य कुरा होइन तर पश्चिमी समाजले दुबैलाई बराबरी मानेर यस्तो व्यभिचार थाहा पाउनसाथ पारपाचुके भइ हाल्छ ।

कलिलो उमेरमै विवाह हुनु

पुरानो हिन्दु समाजमा सानो उमेरमा विबाह गर्ने चलन थियो । जस्ले गर्दा बिबाहको लागि उमेर पुग्दा केटा कतै पढन गएर उतैबाट अर्को बिबाह गरिसक्ने चलन पनि थियो । नेपालको कानुनी परम्परामा २०२१ सालमा मुलुकी ऐन नआएसम्म जतिपटक विबाह गरे पनि कानुनी अबरोध थिएन । सक्ने श्रीमती लोग्नेको घरमा सौतासंग मिलेर वा बेग्लै बस्ने, नसक्नेले आप्mनो माइतीमै बस्ने वा अर्को केटा खोजेर बिबाह गर्र्ने । तर महिलालाई अर्को बिबाह गर्न पुरुषको तुलनामा निकै कठीन पर्दछ । पुरुषको दोस्रो तेस्रो बिबाहलाई समाजले सजिलैसंग पचाउछ भने महिलाको दोस्रो तेस्रो बिबाहलाई राम्रो दृष्टीले हेर्दैन । पश्चिमि समाजतिर १८ पुरा नभइ बिबाहको लागि कानुनी रुपमा योग्य बन्दैनन ।

तर कतिपय केटाकेटी प्रेममा अन्धो भइ कानुनी रुपमा बिबाह नगरी गन्धर्ब बिबाह गरेर बस्छन् र उमेर पुगेपछि मात्र कानुनी बिबाह गर्छन् । कलिलो उमेरको मायाप्रेम साँचो र सहि माया नभएर काम बासनाको बसमा परेर गरिएको आकस्मिक बिबाह हो । पछि त्यो पारपाचुकेमा गएर टुगिन्छ । त्यसैले सानो उमेरमा गरिएको बिबाह टिकाउन नहुन सक्छ । कम्तीमा पनि बीस बर्षपछि गरिने बिबाह परिपक्व र बैबाहिक जीवनमा आउने अनगिन्ती समस्याहरुसंग सजिलै जुध्न र सम्हाल्न सक्षम हुन्छन् ।

पतिपत्निबीच ठूलाठूला इच्छा आकाँक्षाहरु

कहिलेकाँही केटाकेटी मन मिलेरमात्र नभई ठुलाठुला आकाक्षाँहरुलाई पुरा गर्ने रहर मनभित्र बोकेर पनि बिबाह बन्धनमा बाधिएका हुन्छन । समयले सबैलाई सँधै एउटै स्थानमा राख्दैन । जीवनचक्र कहिले माथि कहिले तल भईरहन्छ । जुन चाहना र कल्पना गरेर बिबाह बन्धनमा बाँधिएका हुन्छन त्यो पुरा नभएपछि उनिहरुबीच फाटो आउनु स्वाभाविकै हो । आजभोलि नेपालमा बस्न कठीनाई हुने वा विदेशी जीवनशैलीको लालचमा विदेशमा बस्ने केटी वा केटासंग विवाह गरेर विदेशीने अनि आप्mनो भित्रि इच्छा पुरा भएपछि बिबाह गरेरसंगै आएको केटा वा केटीलाई छोडेर अन्यत्र हिडेको उदाहरण धेरै भइसकेका छन् ।

यस किसिमको व्यवहार गर्नेहरुमा कसैले आप्mनो पढाइ पुरा नभएसम्म उही बिबाह बन्धनमा बाँधिइरहने, कसैले ग्रीनकार्ड नबनेसम्म संगै बसिरहने, चलन चलिरहेको छ । त्यसपछि सकिन्छ भने केही सम्पत्ति हात पार्ने नभए केहीनकेही बहाना बनाएर सम्बन्ध विच्छेदको विन्दुमा पुगको उदाहरण धेरै भइसकेको छ ।

पतिपत्निबीच समान सम्बन्धको अभाव

हाम्रो समाज पितृसत्तात्मक समाज भएकोले जहांँपनि पहिले लोग्नेमान्छेको नाम अगाडि आउछ । जुनसुकै धर्म संस्कृतिमा पनि यही परम्परा रहीआएको देखिन्छ । साथै शारीरिक रुपमा पनि महिला भन्दा पुरुष बलियो हुने भएकोले यही परम्परालाई अगाडि बढाइरहेको होला । तर अहिलेको सन्दर्भमा यसप्रकारको विश्वासमा निकै परिर्वतन आइसकेको छ । हरेक क्षेत्रमा महिलाहरु उत्तिकै सक्षम र सबल भइरहेको देखिएको छ ।

मौकाको अभावमा महिला पछाडि परिरहेका रहेछन् भन्ने कुरा सबैले महसुस गर्न थालेको अवस्था छ । त्यसले लोग्नेस्वास्नीबीचको सम्बन्ध पनि यसै समान व्यवहारको आधारमा बलियो बन्छ । एउटाले अर्कोलाई कमजोर र निर्बल छ भन्ने विश्वासमा गरिने व्यवहारले यो सम्बन्धमा बिच्छेद आउने बलियो सम्भावना हुन्छ । यस प्रकारको अवस्था घरमा सिर्जना भयो भने लोग्ने वा स्वास्नीले मौकाको प्रतिक्षा गरेर बस्ने छन र मौका आउनासाथ आप्mनो फाइदा लिएर अर्कोmलाई सडकमा छाडि दिन्छन् ।

एक्कासी विवाह बन्धनमा बाँधिनु

कहिलेकाँहीले समयले कुनै लोग्नेमान्छे र आइमाइलाई एउटा यस्तो जम्काभेटमा लगेर उभ्याइ दिन्छ जुन अवस्थामा उनिहरु बिबाह बन्धनमा बाँधिन बाध्य हुन्छन् । यस प्रकारको विवाह एउटा संयोग नै हो । यस प्रकारको विवाह सफल गराउन केटाकेटी दुबैले निकै ठूलो प्रयत्न गर्नु निकै ठूलो त्याग गर्नु पर्छ । होइन भने जति छिटो बिबाह भएको थियो त्यती नै छिटो बिच्छेद पनि हुन्छ । यस्तो घटना वा अवस्था धेरै जसो प्रसिद्धि कमाएका कलाकार तथा धनाढ्यहरुमा हुने गर्दछ । सामान्य मान्छेले यसप्रकारको विवाहबाट बच्नु उपयुक्त हुन्छ ।

खत्री न्युयोर्क निवासी चर्चित साहित्यकार हुनुहुन्छ । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com