Follow @khasokhasmag

चक्रपथ सफा गर्नेको सङ्ख्या बढ्यो


प्रकाशित मिति : जेष्ठ १४, २०७४ आईतबार

चक्रपथ क्षेत्रको सरसफाइका लागि चलाइएको अभियानमा हजाराँै व्यक्तिको सहभागिता भएको छ ।

चक्रपथ सफाइ अभियानको क्रममा आज सञ्चालन गरिएको अभियानमा करिब १८ टन फोहर सङ्कलन गरिएको छ ।

प्रत्येक साता अभियानकै रुपमा सञ्चालन गरिएको उक्त सरसफाइमा फोहर सङ्कलन गर्नेकोे सङ्ख्या स्वतःस्फूर्त रुपमा ह्वात्तै बढेको छ ।

नारायणगोपाल चोकबाट फोहर सङ्कलन गर्दे ग्रिनसिटी अस्पताल पुगेर आजको अभियान समापन भएको थियो ।

सफाइ अभियानमा काठमाडाँै महानगरपालिका, टोखा नगरपालिका, लायन्स क्लब, ग्रिनसिटी अस्पताल, यति हेल्थ साइन्स एकेडेमी, आमा समूह, होटल व्यवसायी सङ्घ, रानीबारी समाज, हिमालय बातावरण, हेराल्ड एकेडेमीलगायतका संस्था संलग्न छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रिय सहभागिताले फोहर सङ्कलन अभियानलाई थप प्रभावकारी बनाएको फोहर सङ्कलन अभियानका संयोजक एवम् ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले बताउनुभएको छ ।

ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनको संयोजनमा स्वतःस्फूर्तरुपमा सञ्चालित चक्रपथ सफाइ अभियान साताँै हप्ता पनि ग्रिनसिटी अस्पताल बसुन्धरादेखि नारायणगोपाल चोक पुग्दासम्म ९० टन फोहर सङ्कलन भइसकेको छ । अब अर्को हप्ता अर्थात आठाँै हप्ता ग्रिनसिटी अस्पतालबाट बसपार्कतिर फोहर सङ्कलन गर्ने योजना रहेको बताइएको छ । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com