न्युयोर्क राज्य संसदबाट पारित हुँदै मे २९ लाई ‘नेपाली अमेरिकन हेरिटेज डे’ मनाउने घोषणा


प्रकाशित मिति : जेष्ठ १०, २०७८ सोमबार

न्युयोर्क राज्यभर मे २९ लाई नेपाली अमेरिकन हेरिटेज डे मनाउने घोषणा न्युयोर्कको राज्य संसदबाट पारित हुने भएको छ । राज्य संसदमा सांसद जेनिफर राजकुमारले स्पोन्सर गरेको रिज्योलुशन नम्बर ३३० सोमबार क्यालेण्डरमा रिफर गरिएको छ ।

गभर्नर एन्ड्रयु कुमोबाट मे २९ लाई न्युयोर्क राज्यमा नेपाली अमेरिकन हेरिटेज दिवसका रुपमा घोषणा नामको उक्त रिज्योलुशनमा नेपाल डेको उपलक्ष्यमा न्युयोर्क राज्यको नेपाली अमेरिकन समुदायलाई खुशी र गर्वका साथ सम्मान गर्नु संसदीय निकायको प्रचलन रहेको उल्लेख गरिएको छ । त्यसैले मे २९ लाई न्युयोर्क राज्यमा नेपाली अमेरिकन हेरिटेज डे का रुपमा घोषणा गर्नु न्युयोर्क राज्यको संसदीय निकायका लागि पनि गर्वको कुरा भएको उल्लेख छ ।

न्युयोर्क राज्यको संसद

मे २९ मा नेपालमा २४० बर्ष पुरानो राजतन्त्रको अन्त्य भएर गणतन्त्र घोषणा भएको दिन भएको र नेपाली पात्रो अनुशार यो दिन जेष्ठ १५ मा पर्ने समेत रिज्योलुशनमा उल्लेख छ । सन् २००६ मा १० बर्षलामो गृहयुद्धको समाप्ती र सन् २०१५ मा विनाशकारी महाभूकम्पहुँदै नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेको विषयलाई पनि रिज्योलुशनमा समेटिएको छ ।

न्युयोर्क राज्य संसदको वेवसाइटमा प्रकाशित रिज्योलुशन पढ्न यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटी न्युयोर्क राज्यमा रहेका ६७ प्रतिशत नेपालीहरुको घर रहेको र त्यसमा पनि ८७ प्रतिशत न्युयोर्कबासी नेपालीहरु क्वीन्समा बस्ने रिज्योलुशनमा उल्लेख छ । मे २९ सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मा सगरमाथा आरोहण गरेको बार्षिकी समेत रहेको उल्लेख गर्दै रिज्योलुशनमा भनिएको छ – ‘नेपाल सुन्दर हिमालका लागि परिचित रहेको छ भने सगरमाथाको महान विश्वब्यापी महत्व छ ।’

रिज्योलुशन स्पोन्सरकर्ता राज्य सांसद जेनिफर राजकुमार

रिज्योलुशन पारित भएपछि यसको प्रति गभर्नर एन्ड्रयु कुमो, न्युयोर्कमा रहेको नेपाली महाबाणिज्यदूतावास र न्युयोर्कमा रहेका नेपाली आधारित परोपकारी र विभिन्न संघसंस्थाहरुलाई प्रदान गर्ने रिज्योलुशनमा उल्लेख गरिएको छ ।

नेपाली अमेरिकन हेरिटेज डे रिज्योलुशनको पूर्ण पाठ:

यसैबीच आज न्युयोर्कमा नेपाल डे २०२१ का तर्फबाट पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइएको छ । राज्य ससदमा पेश गरिएको रिज्योलुशनका सन्दर्भमा लागी नेपाल डे किन ? भन्ने विषयमा अध्ययन अनुसन्धान गरी नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाको प्रस्ताव लेखनमा लोक चेम्जोङ, नरेन्द्र थापा , दिपेन्द्र लामा , आरती मगर र सजिना श्रेष्ठले सघाएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

मे २९ लाई नेपाल डे को रूपमा स्थापित गराउन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनमा कार्यवाहक नेपाली महावाणिज्यदुत विष्गु प्रसाद गौतम सहित नेपाली संघ संस्थाहरूको उपस्थितीमा बसेको टाउनहल बैठकबाट आगामी मे २९ मा “हाम्रो पहिचान हाम्रो गौरव “ भन्ने मूल नाराका साथ भव्यरूपमा ऱ्याली सहीत नेपाल डे बनाउने निर्णय भइसकेको छ ।

संयोजक लोक चेम्जोङ र सदस्य सचिव नरेन्द्र थापाबाट जारी वक्तब्यमा भनिएको छ – ‘हामी नेपालीहरू हाम्रो बसाईसराई संगै हामीले हाम्रो भाषा , सस्कृती , कला , साहित्य र पहिचानलाई संगै लिएर आएका छौ । हामी नेपालीहरूले पुस्तौ पुस्ता सम्म पनि नेपाली अमेरीकन पहिचानका साथ रहने कुरालाई यहाको राज्य सरकारको तहवाट ‘नेपाल डे’ को रूपमा सम्बोधन भएको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com