न्युयोर्कमा मनाइने ‘नेपाल डे’ प्रति आरोहीहरुको संस्थाको आपत्ति, ‘सगरमाथा दिवस’लाई मेट्न खोजेको आरोप


प्रकाशित मिति : जेष्ठ १०, २०७८ सोमबार

नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन तथा विश्वको सर्वोच्च शिखर सगरमाथामा प्रथमपटक मानव पाइला टेकिएको दिन मे २९ लाई नेपाल डे का रुपमा मनाउन लागिएकोमा युएस नेपाल क्लाईम्वर्स एसोसिएशनले आपत्ति जनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा नेपाली महावाणिज्य दुतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्यदुत सहित विभिन्न नेपाली अमेरिकन संघ संस्थाहरूको सहभागीतामा टाउनहल बैठक बाट मे २९ का दिन नेपाल डे मनाउने निर्णय भएको थियो ।

अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई नै ओझेल पार्ने र अस्तीत्व मेट्ने मनाशायले मे २९ मा नेपाल दिवस मनाउने योजना बनाइएको भन्दै क्लाईम्वर्स एसोसिएशनले विरोध गरेको छ । ‘सगरमाथा दिवस’ पर्वतारोहीहरुको साझा संस्था युएस नेपाल क्लाईम्वर्स एसोसिएशनको प्रमुख वार्षिक कार्यक्रम रहेको एसोसिएशनको दावी छ ।

एसोसिएशनले भनेको छ – ‘…..अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई नै ओझेल पार्ने दूषित मनसायले मे २९ कै दिन पारेर केही तत्वहरुले कथित नेपाल दिवस मनाउनको लागि भित्र भित्रै षड्यन्त्र रच्दै गरेको अवस्थाप्रति युएस नेपाल क्लाईम्वर्स एसोसिएशनको ध्यान आकर्षित भएको हो । समग्र रुपमा विश्वभरका समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुको प्रतिस्ठासँग गाँसिएको सगरमाथा दिवसको अस्तित्व मेट्ने दुरासयपूर्ण कदमको युएस नेपाल क्लाईम्वर्स एसोसिएशन घोर भर्त्सना गर्दछ ।’

उक्त दिन नेपाल क्लाईम्वर्स एसोसिएशनले अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउने जनाएको छ । एसोसिएशनले विगत ८ बर्षदेखि तेन्जिङ् नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलता पूर्वक आरोहण गरी कीर्तिमान कायम गरेको ऐतिहासिक दिन मे २९ मा अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउदै आएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क राज्यमा दर्ता भई स्थापना भएको युएस नेपाल क्लाईम्वर्स एसोसिएशनले विगतका वर्षहरुमा न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावास, अमेरिकन अल्पाइन क्लब, एक्सप्लोरर क्लब अफ युएसए, न्युयोर्क सिटी आउटबण्ड र युनाइटेड शेर्पा एसोसियसन जस्ता संस्थाहरु सँग सहकार्य गर्दै सगरमाथा दिवस मनाउँदै आएको अध्यक्ष पासाङ शेर्पा र महासचिव मिङमार लामाले वक्तव्यमार्फत जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com