बेलायतको पार्कमा शिशु जन्माएर छाड्ने नेपाली महिला ‘लापरवाहीले शिशुको मृत्यु’मा दोषी ठहर


प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार

बेलायतको अल्डरशटमा एक नेपाली महिलालाई  लापरवाहीले शिशुको मृत्यु (इन्फेन्टिसाइड) मा दोषी ठहराइएको छ । २४ बर्षकी बबिता राईले रातीमा अल्डरशटको एउटा रुखमुनी बच्चा जन्माएकी थिइन् भने त्यसको केही घण्टामा बच्चाको खोपडी भाँचिनुका साथै दबाबमुलक घाउका कारण मृत्यु भएको थियो ।

विन्चेस्टर क्राउन कोर्टले दुई हप्ता लामो अदालती सुनुवाईपछि बिहीबार राईलाई दोषी ठहराएको हो । अदालतले उनलाई लापरवाहीले शिशुको मृत्युमा दोषी  ठहर  गरेपछि अन्य हत्याको तुलनामा कम सजाय हुने प्रावधान रहेको छ । जानाजान लापरवाही जस्ता  कुनै कारणले १२ महिनाभन्दा कम उमेरको बच्चाको मृत्यु भएमा त्यसलाई लापरवाहीले शिशुको मृत्यु अर्थात् इन्फेन्टिसाइड भनिन्छ ।

सन् २०१७ को मेमा पार्कमा नवजात शिशुको शव भेटिए लगत्तै प्रहरीलाई जानकारी दिइएको बारेमा अदालती सुनुवाई भएको थियो।राईलाई १९ जुलाईमा सजाय सुनाइने भएको छ ।

राई सन् २०१७ को फरबरीमा नेपालबाट बेलायत आउँदा गर्भवती थिइन् । बच्चा मे १५ वा १६ मा जन्मिएको प्रहरीको भनाई छ । शिशुको शव मे १९ मा मात्र भेटिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com