प्रधानमन्त्री तथा मन्त्रीहरुले लिए सपथ


प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा आयोजित एक समारोहबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६(३) बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा पुनःनियुक्त गरेकी हुन्।

वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए। सोही दिन राष्ट्रपति भण्डारीले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमतको संयुक्त सरकारका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन्।

तर, बहुमतको संयुक्त सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमामा कसैको दाबी नआएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिएकी हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिनिधिसभामा अहिले नेकपा एमालेको १२१ मत छ। जनता समाजवादी पार्टीले तत्काल सरकारमा जाने रुची नदेखाएपछि ओली अल्पमतको सरकारका प्रधानमन्त्री बनेका हुन्। योसँगै अब ओलीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

पूरानै अनुहारलाई निरन्तरता
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा पूरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्।

सपथ लिनेहरुमा उपप्रधानमन्त्रीमा इश्वर पोखरेल तथा मन्त्रीहरुमा रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयेश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह छन्।

त्यस्तै भानुभक्त ढकाल, मणि थापा, पद्मा अर्याल, वसन्त नेम्वाङ, गौरीशंकर चौधरी, पार्वत गुरुङ, शिवमाया तुम्बाहाङ्फे, लिलानाथ श्रेष्ठ, प्रेम आले, दामा लामा तामाङ र जुलीकुमारी महतोले पनि सपथ लिएका छन्।

राज्यमन्त्रीहरु नवराज रावत, रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com