नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्यु बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा नेपालमा २ सय १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ४ हजार ४ सय ६६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ८ हजार ८ सय ४२ संक्रमित थपिएका छन्। नेपालमा हालसम्म संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ। नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ जना पुगेको छ।
यस्तै, ५ हजार ५ सय ५५ जना निको भएका छन्। नेपालमा हालसम्म ३ लाख २१ हजार ५ सय १८ जना निको भइसकेका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।