लुक्लामा विमान दुर्घटना


प्रकाशित मिति : जेष्ठ १३, २०७४ शनिबार

गोमा एयरको ९ एन एक के वाई कल साइनको कार्गो विमान लुक्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ ।

केही बेरअघि विमान अवतरणका क्रममा रुखको हाँगामा ठोक्किएर विमान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले जानकारी दिनुभयो ।

बुढाथोकीका अनुसार दुर्घटनाग्रस्त विमानका चालक प्रकाशकुमार राई र सहचालक सुजन मानन्धर तथा परिचारिका प्रज्ञा महर्जन घाइते भएका छन् र अहिले उनीहरुको उद्धार भइरहेको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com