कोरोना महामारी : नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख नाघ्यो


प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार

पछिल्लो २४ घण्टामा नेपालमा नौ हजार ३०५ संक्रमित थपिएका छन्। योसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी एक लाख एक हजार ६३४ पुगेका छन् । पहिलो पटक नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख नाघेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३६२ जनाको पिसिआर र ४२४ जनाको एण्टिजेन परीक्षणमा नौ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो। यसमध्ये पिसिआरबाट नौ हजार २३८ र एन्टिजेन विधिको परीक्षणका क्रममा ६७ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।

सबैभन्दा बढी काठमाडौँमा तीन हजार २५० जनामा संक्रमण पुष्टि भएको छ। ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल तीन हजार ९२४ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी बढी संक्रमण पुष्टि भएका जिल्लामध्ये रूपन्देहीमा ७७१, कैलालीमा ३३९, मोरङमा ३३६, झापामा ३००, बाँकेमा २८७, दाङमा २७७, कास्कीमा २३५ जना कोरोना सङ्क्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।

नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कका आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार २५२ पुगेको छ। यस अवधिमा चार हजार ४४४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ। हालसम्म तीन लाख १६ हजार ४६८ जना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमितको ७४.९ प्रतिशत हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सक्रिय संक्रमितमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लामा सर्वाधिक संख्या छ। हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या चार लाख २२ हजार ४१६ पुगेको छ। सक्रिय कोभिड १९ संक्रमितमध्ये एक लाख एक हजार ६३४ जना आइसोलेसनमा छन् । जसमध्ये एक हजार २४१ को आइसीयूमा उपचार भइरहेको छ । भेन्टिलेटरमा राखेर २८५ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com