गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त


प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन्। नेकपा एमाले संसदीय दलका नेता गुरुङले बुधबार नै सपथ लिने भएका छन्।

अल्पमतमा परेपछि गुरुङले वैशाख २६ गते पदबाट राजीनामा दिएका थिए। त्यससँगै गण्डकीकाे सरकारसमेत काम चलाउ बनेको थियो ।

गुरुङकाे राजीनामा पछि प्रदेश प्रमुखले दलहरुलाई बुधबारसम्मकाे समय दिँदै नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

विपक्षी दलहरु कांग्रेस, माओवादी, जसपालगायत मिलेर कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा अगाडि बढाए पनि बहुमत पुर्‍याउन सकेका थिएनन्। त्यसपछि संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब  गुरुङले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ।

अपडेट: 

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख सीता पौडेलले सपथ गराएकी हुन्।

यसअघि प्रदेशसभामा सबैभन्दा ठूलो दलका नेताको हैसियतमा गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com