नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगन मे ३१ सम्म थप


प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार

नेपालको नागरिक उड्ययन प्राधिकरणले नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगन मे ३१ सम्म थप गरेको छ । यसअगाडि मे ६ को मध्यराती १२ बजेदेखि लागु भएको अन्तर्राष्ट्रिय उडान स्थगन मे १४ सम्म जारी रहेकोमा आज नागरिक उड्ययन प्राधिकरणले सुचना जारी गरी मे ३१ सम्मका लागि स्थगन थप गरेको हो ।

विश्वभर फैलदै गएको कोरोनाको नयाँ भेरियन्टको संक्रमण नेपालमा पनि बढ्दै गएको सन्दर्भमा उपत्यकामा लकडाउनको अवधि बढाएसँगै अन्तर्राष्ट्रिय उडान स्थगनको अवधि पनि बढाइएको हो ।

एयर बबल सहमति अनुरुप नेपाल र भारतबीच सातामा हुने दुईवटा उडानहरु भने कायमै रहनेछन् । जसमध्ये एउटा उडान नेपाल एयरलाइन्सको र अर्को उडान एयर इन्डियाको हुनेछ । अन्य उडानका सन्दर्भमा प्राधिकरणले एयरलाइन्सहरुलाई टिकट बुकिङ खुला नगर्न सुचित गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तर्राष्ट्रिय चार्टड र उद्दार उडानका हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले उडान अनुमति जारी गरिरहेको छ । त्यस्तै कार्गो उडानका सन्दर्भमा पनि दैनिक अनुमति प्रदान गरिदै आएको छ । जस अन्तरगत मे १२ मा हिमालयन एयरलाइन्स, शिचुवान एयरलाइन्स र एयर चाइनका कुल ४ वटा कार्गो उडानहरु हुनेछन् ।

चार्टड र उद्दार उडानमार्फत आउने यात्रुले सरकारले तोकेका होटेलमा आफ्नै खर्चमा अनिवार्य १० दिन क्वारेन्टीनमा बस्नुपर्नेछ । एयरलाइन्सले कुनै यात्रु कोरोना पोजेटिभ भएको बोकेको पाइएमा विमानमा चढेका सबै यात्रुको क्वारेन्टीन खर्च एयरलाइन्सले नै बेहोर्नुपर्नेछ ।

चार्टड र उद्दार उडानबाट आवतजावत गर्नेहरुलाई बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट समेत अनिवार्य गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तरराष्ट्रियमा तीन नेपालीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com