नेपालमा थप २२५ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४ हजार नाघ्यो


प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार

नेपालमा कोरोना संक्रमणबाट थप २ सय २५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

नेपाली सेनाले विभिन्न मितिमा गरेको कोरोना संक्रमितको शव व्यवस्थापनको संख्यालाई समेत समावेश गरेर मन्त्रालयले विवरण सार्वजनिक गरेको हो। योसँगै नेपालका कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४८३ जना संक्रमित थपिएका छन्। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ।

यस्तै काठमाडौं उपत्यकामा ३ हजार ९२७ जनामा संक्रमण पुष्टि भएको छ। जसमा सबैभन्दा बढी काठमाडौंका २ हजार ७८८, ललितपुरका ६०२ र भक्तपुरका ५२३ छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com