राष्ट्रपतिद्वारा संयुक्त सरकार गठनका लागि आव्हान


प्रकाशित मिति : बैशाख २७, २०७८ सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। नेपालको संविधानको धारा ७६ (२) अनुसार संयुक्त सरकार गठनका लागि राष्ट्रपति भण्डारीले आह्वान गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

त्यसका लागि राष्ट्रपतिले वैशाख ३० गते साँझ ९ बजेसम्मको समय दलहरुलाई दिएकी छन्।

उक्त समयसम्म नयाँ सरकार गठन हुन नसके संविधानको धारा ७६ को उपधारा ३ अन्तर्गत केपी ओलीलाई सबैभन्दा ठूलो दलका हैसियतले अल्पमतको सरकार गठन गर्ने बाटो खुला हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाबाट लिन चाहेको विश्वासको मत असफल भएपछि उनी स्वतः पदमुक्त भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओली पदमुक्त भएलगत्तै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त सरकार गठनका लागि आह्वान गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com