कोरोना महामारी : एकै दिन १३९ जनाको मृत्यु, ९१२७ संक्रमित थपिए


प्रकाशित मिति : बैशाख २७, २०७८ सोमबार

नेपालमा कोरोना संक्रमणबाट एकै दिन १ सय ३९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा यति संख्यामा मृत्यु भएको हो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ।

यस्तै, २४ घण्टामा ९ हजार १ सय २७ संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १ सय ४१ पुगेको छ। २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् भने ३ लाख ६ हजार ७ सय ९४ जना निको भएका छन्।

काठमाडौं उपत्यकामा साेमबार ३ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com