न्युयोर्क निवासी गायक तथा मोडल श्रेष्ठको म्युजिक भिडियोमा लामो दुरीको प्रेमकथा


प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार

न्युयोर्क निवासी युवा गायक तथा मोडल सुहान श्रेष्ठको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

उनको ‘हाम्रो मायाबीचको यो दूरी’ बोलको गीत सार्वजनिक भएको हो । म्युजिक भिडियोमा सुहानले नै अभिनय गरेका छन् ।

उनले यो सहित चार वटा म्युजिक भिडियो बनाई सकेका छन् ।

उनको आफ्नै शब्द रचना तथा स्वर रहेको सो गीतमा माया प्रेमका कुरा गरिएको छ । नेपालमा आफ्नी मायालुलाई छाडेर आएका धेरैको कथालाई यो म्युजिक भिडियोले समेटेको छ ।

सुहान श्रेष्ठसँगै म्युजिक भिडियोमा मोडल डोल्मा गुरूङले अभिनय गरेकी छिन् ।

भिडियो अमेरिकाको न्यूयोर्कमा छायांकन गरिएको छ । युट्युवमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com