कोरोना संक्रमणपछि सिकिस्त भएर बाँचेका न्युयोर्कका डा. शाहको नेपाललाई स्वास फेर्न सहयोग अभियान


प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार

कोरोना संक्रमणबाट सिकिस्त भएर बाँचेका न्युयोर्कका नेपाली चिकित्सक डाक्टर विनोद शाहले नेपालमा अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ्य सामाग्रीहरु सहयोगका लागि अभियान संचालन गरेका छन् । डाक्टर शाहले ५० हजार डलरको लक्ष्यसहित गोफण्डमीमा अभियानको सुरुवात गरेका छन् भने केही थान अक्सिजन कन्सन्ट्रेटर किनिसकेको समेत जानकारी दिएका छन् ।

कोरोना महामारी डरलाग्दो भइरहँदा नेपालमा स्वास्थ्य सामाग्रीको अभाव बढ्दो रहेको छ । अक्सिजनको अभाव देखिएको छ भने अस्पतालहरु भरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी राष्ट्रहरुसँगको सहयोगको आव्हान गरेका छन् । यो अवस्थामा डाक्टर शाह र पत्नी डाक्टर सुजाता शाहले नेपाललाई स्वासफेर्न सहयोग गरौं भन्ने अभियान सुरु गरेका हुन् ।

तपाई पनि डाक्टर शाहको अभियानमा सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

डाक्टर विनोद शाह गतबर्षको अप्रिलमा कोरोना संक्रमणबाट सिकिस्त भएर अस्पतालमा भर्ना भएका थिए । उनले कैयन दिन अस्पतालमा अक्सिजनको सहायतामा उपचार गराएका थिए । अस्पतालबाट फर्केपछि उनले कोरोना संक्रमित अन्य व्यक्तिलाई आफ्नो अनुभवका आधारमा विभिन्न सल्लाह दिने र सहयोग उपलब्ध गराउने गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

झण्डै २० बर्षदेखि अमेरिकाको न्युयोर्कमा मेडिकल फिल्डमा खटिरहेका डाक्टर विनोद शाह लामो समयदेखि सामाजिक कार्यमा सकृय रहदै आएका न्युयोर्कबासी नेपाली हुन् । २०१९ सालमा धनुषाको भुतही पटेर्वा गाविसमा बुबा असर्फी शाह र आमा रामसती देवी शाहका पाचौं छोराको रुपमा मध्यमवर्गीय परिवारमा जन्मिएका डाक्टर शाहका ५ दाजुभाई र २ जना दिदीबहिनीहरु रहेका छन् ।

डाक्टर विनोद शाह र डाक्टर सुजाता शाह

बंगालादेशको ढाकामा एमबीबीएस अध्ययन पूरा गरिसकेपछि उनले २ वर्ष पोष्ट ग्रयाजुयट तालिम र अर्थोपेडिकमा तीनवर्षे डिप्लोमा समेत गरे । बंगालादेशको पढाइ सकेर शाहले जनकपुरमा फर्केर आफ्नै क्लिनिक खोले भने अञ्चल अस्पतालमा जागिर समेत खाए ।

जनकपुरमा काम गर्दैगर्दा उनी एउटा निजी तालिमका क्रममा अमेरिकाको बोस्टनमा आए । त्यसपछिका चारवर्ष उनले बोस्टनमा रिसर्चकै क्रममा बिताए । सन् १९९९ मा न्युयोर्क आएका डाक्टर शाहले रेसिडेन्सी तालिमको कोर्स पुरा गरे । जुन तालिमपछि उनले अमेरिकाको डाक्टरको मान्यता पाए । त्यसपछि उनले पेन म्यानेजमेन्टमा फेलोसीप गरे ।

त्यसपछि सन् २००४ मा उनले न्युयोर्ककै अल्बर्ट आइन्स्टाइन युनिभर्सिर्टीमा एसिस्टेन्ट प्रोफेसरको जागिर पाए । युनिभर्सिटीको एउटा विभागमा निर्देशकको जिम्मा समेत पाए उनले । युनिभर्सिर्टीमा काम गर्दा गर्दै उनले सन् २००८ मा न्युयोर्कको योंकर्समा आफ्नै मेडिकल स्थापना गरेका थिए ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com