मेरिल्याण्डमा भएको गोलीकाण्डमा एक नेपालीको मृत्यु, एक घाइते, नेपालीको घर जलेर ध्वस्त


प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार

मेरिल्याण्ड भएको गोली काण्डमा गोली चलाउने व्यक्ति सहित ४ जनाको मृत्यु भएको छ । मृतकमा एकजना नेपाली समेत रहेको मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जानकारी दिनुभएको छ ।

घटनामा वाउन्टीमोर काउन्टीमा रहेको वुडल्यानमा वस्दै आएका नेपालीको दुखद निधन भएको भण्डारीले जानकारी दिनुभएको हो । गोली काण्डसंगै घरमा आगजनी समेत भएको जनाइएको छ । आक्रमणकारीको भने प्रहरीको गोलीबाट निधन भएको हो ।

मृतक नेपाली हालसालै साउथ क्यारोलाइनाबाट बाल्टिमोर आएको बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका बानाका अध्यक्ष सुबोध विलास पन्तलाई उद्दृत गर्दै भण्डारीले जनाएका छन् । मृतक नेपाली संखुवासभाका रहेको जनाइएको छ । एक नेपालीको घर पूर्णरुपमा धवस्त भएको छ भने त्यहा कम्तिमा दुई घर पुरै र दुई घर आंशिक रुपमा जलेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनामा सर्लाहीका अर्का एकजना नेपाली समेत घाइते भएको जनाइएको छ । उनी सन् २०१७ मा अमेरिका आएको जनाइएको छ । बन्दुकधारी अन्य नेपालीहरुलाई पनि लखेटेको र भागेर ज्यान बचाएको जनाइएको छ ।

घटनामा नेपालीको मृत्यु भएकोमा डेलिगेट ह्यारी भण्डारीले हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालमा रहनु भएका परिवारका सम्पूर्ण सदस्यहरुलाई धैर्य धारणा गर्न सक्ने शक्ति प्रदान होस् भन्ने कामना गर्नुभएको छ । घटनामा घाईते नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com