कोरोना महामारी : नेपालमा एकै दिन थपिए ९११६ संक्रमित, काठमाडौं उपत्यकामा ४१०६ जनामा संक्रमण पुष्टि


प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार

नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा गरिएको परीक्षणका क्रममा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १९ हजार ९८७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। त्यसमा ९ हजार २३ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न भागमा पछिल्लो २४ घन्टामा थप ५० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्य हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, काठमाडौं उपत्यकामा एकै दिन ४ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालाहरुमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ४ हजार १०६ संक्रमित थपिएका हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com