नेपालमा सबै अन्तराष्ट्रिय उडान स्थगन भोलि रातीदेखि, केही उद्दार उडान संचालन हुने


प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार

नेपालमा सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडानहरु स्थगन बिहिबार राती ११ बजेर ५९ मिनेटजाँदादेखि सुरु हुनेछ । नेपाल नागरिक उड््यन प्राधिकणका अनुशार नेपाली समय अनुशार मे ६ को राती ११ बजेर ५९ मिनेटपछि सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरिएको हो ।

विश्वभर फैलदै गएको कोरोनाको नयाँ भेरियन्टको संक्रमण नेपालमा पनि बढ्दै गएको सन्दर्भमा रोकथामका लागि भन्दै मन्त्रिपरिषद्ले गरेको निर्णयपछि नेपाल नागरिक उड््यन प्राधिकणले सुचना जारी गरेको हो । मे १४ को राती ११ बजेर ५९ मिनेट जाँदासम्म यो स्थगन लागु हुनेछ ।

यो अवधिमा व्यवसायिक एयरलाइन्सहरुले सिमित व्यवसायिक उद्दार उडानहरु भने संचालन गर्ने जनाइएको छ । ती उडानहरुको तालिकाका लागि भने सम्बन्धित एयरलाइन्समा नै सम्पर्क गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तर्राष्ट्रिय चार्टड र उद्दार उडानका हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले उडान अनुमति जारी गर्ने जनाइएको छ ।

एयर बबल सहमति अनुरुप नेपाल र भारतबीच भने सातामा दुईवटा उडानहरु हुने जनाइएको छ । जसमध्ये एउटा उडान नेपाल एयरलाइन्सको र अर्को उडान एयर इन्डियाको हुनेछ ।

ती उडानहरुमार्फत आउने यात्रुले सरकारले तोकेका होटेलमा आफ्नै खर्चमा अनिवार्य १० दिन क्वारेन्टीनमा बस्नुपर्नेछ । एयरलाइन्सले कुनै यात्रु कोरोना पोजेटिभ भएको बोकेको पाइएमा विमानमा चढेका सबै यात्रुको क्वारेन्टीन खर्च सम्बन्धित एयरलाइन्सले नै बेहोर्नुपर्नेछ ।

चार्टड र उद्दार उडानबाट आवतजावत गर्नेहरुका सन्दर्भमा बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट समेत अनिवार्य गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तरराष्ट्रियमा तीन नेपालीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

सरकारले नेपालमा सोमवार मध्यरातदेखि आन्तरिक हवाई उडान बन्द गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com