नेपालमा २४ घण्टामा ८६५९ जनामा संक्रमण पुष्टि, ५८ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार

नेपालमा २४ घन्टामा कोरोना संक्रमणबाट ५८ जनाको निधन भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ।

२० हजार ७ सय ५६ को पिसिआर र ६ सय १६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौ उपत्यकामा बुधबार ३ हजार ८ सय ४९ जना नयाँ संक्रमित फेला परेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल देशभर ६६ हजार ३५२ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ४ हजार ७६४ संस्थागत आइसोलेसनमा छन् भने ६१ हजार ५८८ होम आइसोलेसनमा छन्।

बुधबार १९९३ जना निको भएर डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर आइसियुमा रहेका ६ सय सङ्क्रमितमध्ये १ सय ५६ जना भेन्टिलेटरमा छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com