लन्डन हन्सलो बरोमा मेयर निर्वाचित भए नेपाली मूलका गुरुङ


प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार

लन्डनको हन्सलो बरोमा नेपाली मुलका विष्णुबहादुर गुरुङ मेयर निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न हन्सलो बरोको साधारणसभाले गुरुङलाई मेयर निर्वाचित गरेको हो ।गुरुङ लेबर पार्टीबाट निर्वाचित काउन्सिलर हुन्  ।  

बेलायतमा नेपाली मुलबाट यहाँका काउन्सिलहरुमा मेयर निर्वाचित हुने गुरुङ तेस्रो बनेका छन् । यसअघि यहाँको स्वान्लीमा शंकर गैरे र कोलबर्न टाउनमा जगन्नाथ शर्मा मेयर निर्वाचित भएका थिए ।  

लन्डन हन्सलोमा मेयर निर्वाचित गुरुङ पूर्व गोर्खा हुन् । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१९ वर्ष बेलायती सेनामा सेवा गरेका उनी अवकाशपछि परिवारसहित बेलायत बस्दै आएका छन् ।  

सन् २०१४ मा हन्सलोकै हानवर्थबाट पहिलोपटक काउन्सिलर निर्वाचित गुरुङ २०१४/१५ मा  डेपुटी मेयर पनि बनेका थिए ।  सन् २०१८ मा उनी पुन: काउन्सिलर निर्वाचित भएका थिए ।  

गोर्खा नेप्लिज् कम्युनिटी हन्सलोका संस्थापक अध्यक्ष गुरुङ देवाचन बुद्धिष्ट सेन्टर यूकेसहितका संघसंस्थामार्फत् सामाजिक कार्यमा संलग्न रहंदै आएका थिए।

त्यस्तै, आर्मड् फोर्सेस च्यारिटी (साफा) को ‘केस वर्कर’ रहेका गुरुङ अन्य धेरै संघसंस्थामा स्वयमसेवी भूमिकामा पनि संलग्न रहँदै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com