माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, यस्ता छन् आरोप (पूर्णपाठसहित)


प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार

नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे संसद सचिवालयलाई जानकारी गराएको छ।

माओवादी केन्द्रका तर्फबाट मुख्य सचेतक देव गुरुङसहितको टोलीले सचिवालय पुगेर समर्थन फिर्ताको पत्र बुझाएको हो। सचिवालयका तर्फबाट प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले उनीहरुको पत्र बुझेका थिए। सचिवालयलाई औपचारिक पत्र बुझाएसँगै ओली सरकार अल्पमतमा परेको छ।

‘माओवादी केन्द्र सङ्घीय संसदीय दलको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजकै मितिदेखि लागू हुने गरी फिर्ता लिइएको छ’, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

नेपालको संविधानको धारा ७६ (२) अन्तर्गत प्रधानमन्त्रीका रुपमा नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई माओवादीले २०७४ फागुनमा समर्थन गरेको थियो। २०७५ जेठमा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एउटै संसदीय दल बनेको थियो। गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट दुई पार्टीबीचको एकता भङ्ग भएको थियो । फैसलापछि पार्टी एकता भङ्ग गरेदेखि नै माओवादीले वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहेको दोहोर्‍याउँदै आएको भए पनि माओवादीले समर्थन फिर्ता लिने औपचारिक निर्णय गर्न सकेको थिएन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादीलाई चर्को दबाब सिर्जना भएको थियो। त्यसबेला माओवादीले तत्काल समर्थन फिर्ता लिँदा मुलुक झन् राजनीतिक र संवैधानिक सङ्कटमा फस्ने भन्दै उचित समय आएपछि निर्णय लिइने प्रस्ट्याउँदै आएको थियो। एमालेसँग १२१ सांसद रहेका छन् । संसदमा बहुमत पुग्न १३७ मत आवश्यक पर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com