नेपालमा दोश्रो डोजका लागि तत्काल १६ लाख डोज भ्याक्सिन अत्यावश्यक


प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

नेपालमा आष्ट्राजेनेका भ्याक्सिनको भारतीय उत्पादन कोभिशिल्डको दोश्रो डोजका लागि तत्काल १६ लाख डोज भ्याक्सिन अत्यावश्यक भएको छ । अहिले यो भ्याक्सिनको पहिलो चरणमा पहिलो डोज लगाएकाहरुलाई दोश्रो डोज लगाउने बेला भएको छ भने एकमहिनाभित्र दोश्रो चरणमा पहिलो डोज लगाएकाहरुको समेत पालो आउँदैछ ।

नेपालमा अहिलेसम्म भारतबाट आएको आष्ट्राजेनेका र चीनबाट आएको सिनोफार्म गरी झण्डै २० लाखलाई कोरोनाबिरुद्धको भ्याक्सिन दिइसकिएको छ । त्यसमध्ये पहिलो डोज लगाएका केहीले अप्रिलको अन्तिम साता दोश्रो डोज पनि लगाएका छन् । तर भारत र चीनबाट भ्याक्सिनका थप डोजहरु प्राप्त गर्न नसक्दा भ्याक्सिन वितरण कार्यक्रम नै स्थगित गर्नुपर्ने अवस्था आएको छ ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनमा छिमेकी देशहरु र अन्तर्राष्ट्रिय समुदायसँग भ्याक्सिनका लागि आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले सरकारी अधिकारीहरु चीन र रसियासँग तत्कालै भ्याक्सिनका डोजहरु सुरक्षित गर्नका लागि सम्पर्कमा रहेको समेत बताएका थिए ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणका झण्डै साढे तीनलाख केसहरु रेकर्ड भएका छन् भने ३३ सयभन्दा धेरैको मृत्यु भइसकेको छ । पछिल्लो चरणमा भारतमा कोरोनाको महामारी चर्को बनिरहँदा नेपालमा पनि कोरोना संक्रमण हुनेहरुको संख्या डरलाग्दो तरिकाले बढिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com