कतारका कारागारमा सजाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारबाट आम माफी


प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार

रमादान पर्वको अवशरमा कतारमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ । कतार सरकारले कतारस्थित केन्द्रिय कारागार तथा अन्य विभिन्न कारगारमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ नेपाली कैदी बन्दीलाई आममाफी दिएको हो ।

कोरोना संक्रमणलाई समेत मध्यनजर गरी नेपाली कैदीबन्दीको रिहाइका लागि नेपाल सरकारले कतार सरकारलाई आग्रह गरेको थियो ।

आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकाहरुसँग दूतावासले समन्वय गर्ने समेत दोहामा रहेको नेपाली दूतावासबाट जारी विज्ञप्तीमा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com