रोजीको अन्तिम इच्छा पूरा, डेलिगेट भण्डारीको पहलमा अमेरिकाबाट नेपाल पठाइयो शव


प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार

नेपालको कास्की जिल्ला घर भई अमेरिकाको क्यालिफोर्नियामा वस्दै आएको रोजी रानाको शव मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीको पहलमा नेपाल पठाइएको छ । रानाको अन्तिम इच्छापनि आफ्नो शव नेपालमै पठाएर दाहसंस्कार गर्नु रहेको र त्यसै अनुशार महामारीका बीचपनि शव नेपाल पठाइएको जनाइएको छ ।

नेपालमा बिहिबार रातीदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द हुने भएपनि त्यसको ठीक अगाडि शव नेपाल पठाउन सम्भव भएको हो । रोजी रानाको एक अनौठो रोगको कारण गत अप्रिल १७ तारिखमा क्यालिफोर्नियाको सेक्रोमेन्टोमा रहेको सटर जनरल हस्पिटलमा दुखद निधन भएको डेलिगेट भण्डारीले जानकारी दिनुभएको छ ।

भण्डारीले भन्नुभयो – ‘केवल २८ वर्षको उमेरमा विद्यार्थीमा भिषामा अमेरिका आएर कडा मेहनतका साथ आफने सुन्दर भविष्यको खाका कोर्न तल्लिन रहनु भएकी रोजीको निधनले हामी सवै मर्माहत भएका छौं । यस दुखद अवस्थामा उहाँको ईच्छा अनुसार उहाँको पार्थिव शरीरलाई नेपाल पठाउन गरिएको प्रयास सफल भएको छ ।’

भण्डारीले रोजीको परिवारका सम्पूर्ण सदस्यहरु प्रति गहिरो सहानुभूति व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना समेत गनुएभएको छ । रोजीको पार्थिक शरीरलाई क्यालिफोर्नियावाट आन्तरिक शव व्यवस्थापनको जिम्मेवारी सहित शवगृहहरुको समन्वयमा मेरिल्याण्डमा ल्याइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोजीको शव बुझ्न आफै विएफडव्लु एयरपोर्टमा गएर शव बुझेर फर्कदा मनमा एकखालको नरमाइलो र अनौठो अनुभूति भएको भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो – ‘अमेरिकाको सपना बोकेर आएकी एउटी नेपाली चेलीको शव बाकसमा प्याक भएर आएको देख्दा अत्यन्तै नरमाइलो अनुभव भयो ।’

रोजीको शव केही दिन मेरिल्याण्डमा राखेर कतार एयरलाइन्स मार्फत सोमबार साँझ नेपाल पठाइएको हो । उनको शव व्यवस्थापनमा प्रशासनिक तथा एयरलायन्सको जटिल प्रक्रिया र अन्तर राज्यको शव सम्वन्धि मापदण्डहरु पुरा गरेर नेपाल पठाउन दुइ साताको समय लागेको भण्डारीले जानकारी दिनुभयो ।

डिसी स्थित नेपाली राजदूतवासका कर्मचारी, क्यालिफोर्नियामा रहेका आफन्त जनहरु लगायतकाको अथक प्रयास पश्चात शव नेपाल पठाउन सफल भएको उल्लेख गर्दै भण्डारीले भन्नुभयो – ‘यस्ता कठिन घडीमा हामी सवैको सहकार्य र सहयोगको खाँचो रहन्छ नै, त्यही मानवीय धर्मको रुपमा जिम्मेवारी वहन गर्न तपाईहरुको समीपमा हामी सदैव हुने नै छौं । यस प्रक्रियामा सामेल हुनुहुने सम्पूर्णहरु प्रति कृतज्ञता ज्ञापन गर्दे आगामी दिनमा आईपर्ने यस्ता अनेकन चुनौतीहरुको सामना गर्न हातेमालो गर्न म र मेरो टीम सदैव तत्पर रहने नै छ ।’

महामारी सुरु भएयता अमेरिकामा मृत्यु भएका नेपालीको शव नेपाल पठाइएको यो सम्भवत दोश्रो हो ।

यसअगाडि गत फेबु्रअरीमा अमेरिकाको टेक्सासको ह्युष्टनमा मृत्यु भएका २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको शव नेपाल पठाइएको थियो । झण्डै ५ वर्ष अगाडि अमेरिका आएका भट्टराई आफ्नै कोठामा मृत भेटिएका थिए । झापाको वुधवारेका प्रमोद कम्प्युटर साइन्सको विद्यार्थी रहेका थिए भने अध्ययनसंगै काम गरिरहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com