सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी निर्णय


प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको निर्णय फिर्ता लिने निर्णय गरेको हो। प्रधानमन्त्री केपी ओलीले यही वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन्।

‘अब सरकारलाई समर्थन फिर्ता लिएको भनेर लिखित रुपमै पत्र काट्ने निर्णय भएको छ,’ बैठकपछि नेता देव गुरुङले भने। वैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशनको हिसाबले बोलाइएकाले प्रधानमन्त्री ओलीको नियत ठीक नदेखिएको उनले बताए।

‘संविधानको मर्म र परम्पराभन्दा फरक छ, अधिवेशनको वैधानिकताबारे छलफल गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘‘नियमित अधिवेशन छलेर प्रधानमन्त्रीले विशेष अधिवेशन बोलाउनु अवैधानिक नै हो।’

यसैगरी लुम्बिनीमा गठन गरिएको सरकार अवैधानिक र लोकतान्त्रिक सिद्धान्तविपरीत रहेको माओवादीको ठहर छ। गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई विना कारण पदमुक्त गरिनु स्वेच्छाचारीका साथै निरंकुश प्रवृत्तिको संकेत रहेको प्रवक्ता श्रेष्ठले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रवक्ता श्रेष्ठले वैकल्पिक सरकार गठनका बारेमा अन्य राजनीतिक दलहरूसँग छलफल भइरहेको पनि बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com