अमेरिकी जनगणनामा राईहरुले धर्मको स्थानमा किरात लेखेको खुलासा


प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार

सन् २०२० को अमेरिकी जनगणनामा राईहरुले धर्मको स्थानमा किरात लेखेको खुलासा भएको छ । युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिकाको नेतृत्वमा अमेरिकामा बस्ने राईहरुले धर्मको महलमा किरात लेखेको युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिकाकी सभापति मुना राईले खुलासा गरेकी हुन् ।

किरात राई यायोखा कतारले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा सभापति राईले किरात राईहरुको अस्तित्वको लागि अमेरिकामा हरतरहले लागिरहेको बताइन् । संसार भरका राईहरुले जनगणनामा जातीको महलमा राई र धर्मको महलमा किरात लेख्नु पर्ने कुरामा समेत उनले जोड दिइन् ।

किरात राई ययोखा अध्यक्ष दिवस राईले नेपालमा भइ रहेको १२ औं राष्ट्रिय जनगणनाको सन्दर्भमा भएको प्रशिक्षणात्मक अन्तरक्रियामा नेपालमा हुने आगामी जनगणनामा सबै सचेत भइ जातीको महलमा राई र धर्मको महलमा किरात लेख्नु पर्ने बताए । किराया कतार अध्यक्ष बिमल राईको सभापतित्वमा भएको कार्यक्रममा झण्डै १२ देशबाट प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रममा युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिकाका महासचिव जय राईको पनि सहभागिता रहेको थियो ।

यसैबीच युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरले विश्व पृथ्वी दिवस २०२१ को अवशरमा स्थानीय सिटिले आयोजना गरेको सडक सर सफाई कार्यक्रममा सहभागिता जनाएको छ । न्यु ह्याम्पशार राज्यका जनप्रतिनिधि क्यासेन्द्र लेभेक्युले संस्थालाई धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तै सहभागिताको अपेक्षा गरे ।

संस्थाका सभापति मुक्ति राईको नेतृत्वमा सदस्यहरु सहभागी भएका थिए ।

सुरेश चाम्लिङ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com