अमेरिकाको आप्रवासी भिसा प्राथमिकताबारे विदेशमन्त्रालयको नयाँ घोषणा, डिभी अन्तिम प्राथमिकतामा


प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार

अमेरिकी दूतावास र कन्सुलेटहरुले दिने आप्रवासी भिसा प्राथमिकताबारे विदेशमन्त्रालयले नयाँ घोषणा गरेको छ । दूतावास र कन्सुलेटहरुले आप्रवासी भिसामा रहेको ब्याकलगलाई सम्बोधन गर्न ४ वटा टियरमा भिसा जारी गरिरहेको विदेशमन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेशमन्त्रालयले बनाएको ४ टियर अन्तरगत पहिलो टियरमा अन्तरदेशीय एडप्सन भिसाका नजिकका आफन्तहरु, २१ बर्ष उमेर पुग्न लागेका कारण भविश्यमा उक्त भिसाका लागि अयोग्य हुनसक्ने एज आउट हुन लागेका आवेदकहरु र अमेरिकी सरकारसँग काम गरिरहेका इराकी र अफगानीहरुलाई प्रदान गरिने निश्चित विशेष आप्रवासी भिसा एसक्यु र एसआईलाई राखिएको छ ।

यो श्रेणीका भिसाहरु दूतावास र कन्सुलेटहरुले पहिलो प्राथमिकताका आधारमा जारी गर्नुपर्नेछ । यी भिसाहरु जारी गरेपछि बाँकी साधनश्रोत दोश्रो टियरका भिसा जारी गर्न लगाउन सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोश्रो टियरमा अमेरिकी नागरिक वा ग्रिनकार्ड वाहकका नजिकका आफन्तहरुको आप्रवासी भिसा र अमेरिकी नागरिकका मंगेतरको भिसालाई प्राथमिकतामा राखिएको छ । नजिकका आफन्तहरु भन्नाले दम्पत्ति र २१ बर्ष ननाघेका छोराछोरीहरु बुझनुपर्छ ।

अमेरिकी विदेशमन्त्रालय: ‘डिभी २०२१ कालागि छुट्याइएको सबै भिसा संख्या प्रयोग नहुने देखिन्छ’

यो टियरमा अमेरिका छाडेको एकबर्ष नाघेका ग्रिनकार्डवाहकलाई प्रदान गरिने रिटर्निङ रेसिडेण्ट भिसालाई पनि प्राथमिकतामा राखिएको छ । यी भिसाहरु दूतावास र कन्सुलेटहरुले दोश्रो प्राथमिकतामा जारी गर्नुपर्छ । यी भिसाहरु जारी गरेपछि बाँकी साधनश्रोत तेश्रोे टियरका भिसा जारी गर्न लगाउन सकिनेछ ।

तेश्रो टियरमा परिवारमा आधारित अन्य श्रेणीका आप्रवासी भिसाहरु जारी गरिनेछ । ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका छोराछोरीहरु, नागरिकका बुबाआमाहरु, नागरिकका २१ बर्ष नाघेका छोराछोरीहरु, नागरिकका दाजुभाई दिदीबहिनीहरु यो श्रेणीमा पर्छन् । तेश्रो टियरमा अमेरिकी सरकारका विदेशमा रहेका निश्चित कर्मचारीहरुलाई प्रदान गरिने विशेष आप्रवासी भिसा एसई पनि पर्छ ।

अमेरिकी दूतावास काठमाडौं

यी भिसाहरु दूतावास र कन्सुलेटहरुले तेश्रो प्राथमिकतामा जारी गर्नुपर्छ । यी भिसाहरु जारी गरेपछि बाँकी साधनश्रोत चौथो टियरका भिसा जारी गर्न लगाउन सकिनेछ । चौथो प्राथमिकतामा अन्य सबै आप्रवासी भिसाहरु रहेका छन् । जसमा रोजगारमा आधारित आप्रवासी भिसाहरु र डिभी लोटरीमा आधारित भिसा समेत पर्छन् । यसरी डिभी लोटरी र रोजगारमा आधारित आप्रवासी भिसालाई अन्तिम प्राथमिकतामा राखेपछि यो श्रेणीमा पर्नेहरु मारमा परेका छन् ।

तेश्रो र चौथो टियरमा पर्नेहरुको भिसा जारी हुनमा ढिलाई हुनसक्ने अमेरिकी विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले स्पष्ट पारेको छ ।

ट्रम्प प्रशासनबाट डाइभर्सिटी भिसामा लगाइएको रोक राष्ट्रपति जो बाइडेनले हटाएपनि काठमाडौं दूतावासले मार्चमा एकजनालाई पनि डाइभर्सिटी भिसा जारी गरेन । बाइडेनले ट्रम्पको आप्रवासन रोक खारेज गरेपछि फेबु्रअरीको अन्तिम साताबाट काठमाडौंको दूतावासले सन् २०२१ का विजेताहरुलाई डाइभर्सिटी भिसा जारी गर्ने अपेक्षा गरिएको थियो । तर फेबु्रअरीमा पनि कुनै डिभी विजेतालाई भिसा दिइएन ।

मार्चमा विश्वका अधिकांश अमेरिकी दूतावास र कन्सुलेटबाट डाइभर्सिटी भिसा जारी नगरिएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको तथ्यांकमा देखिएको छ । विश्वभरबाट मार्चमा २० जनालाई मात्र डाइभर्सिटी भिसा जारी गरिएको तथ्यांकमा देखिएको छ । जसमा घानाका २ जना, अल्जेरियाका १७ जना र क्यामरुनका एकजना रहेका छन् ।

कोरोनाको महामारीका कारण अमेरिकी दूतावास काठमाडौंमा नियमित भिसा सेवा सुचारु भएको छैन । कहिलेदेखि सुचारु हुने भन्ने सन्दर्भमा पनि दूतावासले केही बताएको छैन । तर चरणबद्ध भिसा सुचारु गर्ने नियम अनुशार अरु कैयन श्रेणीमा भने सिमित संख्यामा भिसा जारी गरिएको छ ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ ।  उनीहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउनमा ढिलो भएको थियो । तर अहिले बाइडेन प्रशासनले रोक हटाउँदा पनि भिसा जारी नगर्नुले उनीहरुमा अन्यौल छाएको छ ।

सन् २०२१ का डिभी विजेताहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्ने नियम रहेको छ । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ ।

आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com