लुम्बिनीमा मन्त्री बनेका ४ सांसद पदमुक्त, गण्डकीमा दीपक मनाङे बने खेलकुदमन्त्री


प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार

लुम्बिनी सरकारमा मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेश सांसद पदमुक्त भएका छन्।

जसपा संसदीय दलको लुम्बिनी संसदीय दलको कार्यालयको पत्रअनुसार शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका जसपाका चार जना प्रदेश सांसद पदमुक्त भएका हुन्। उनीहरुमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, समानुपातिक सांसद सुमन शर्मा रायमाझी र कल्पना पाण्डे छन्।

‘जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (५) एवं दफा ३४ को उपदफा ९१० बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरेको व्यहोरा संसदीय दलमार्फत् सचिवालयमा प्राप्त हुन आएकाले चारै जनालाई प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरिएको सूचना जानकारीका लागि अनुरोध छ,’ प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा भनिएको छ।

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव प्रस्तावमा हस्ताक्षर गरेको २ घण्टा नबित्दै जसपाका चार सांसदले अचानक मन्त्री पदको सपथ लिएका थिए। सोहीकारण उक्त प्रस्ताव बीचैमा तुहिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उता गण्डकी प्रदेशमा आफूविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेका बेला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद विस्तार गरेका छन्। स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाएर उनले मन्त्रिपरिषद विस्तार गरेका हुन्।

गुरुङलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिएको छ। नरदेवी पुनले सम्हाल्दै आएको सामाजिक विकास मन्त्रालयलाई फुटाएर गुरुङलाई मन्त्री बनाइएको हो।

प्रदेशसभामा स्वतन्त्र निर्वाचित गुरुङले एमालेलाई समर्थन गर्दै आइरहेका थिए। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार भएको छलफलमा उनी अनुपस्थित भएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com