कोरोना महामारी : नेपालमा संक्रमण दर २२८ प्रतिशतले वृद्धि, २४ घण्टामा ४८९७ जनामा संक्रमण पुष्टि


प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार

नेपालमा कोभिड–१९ को संक्रमण दर उच्च रहेको छ। नेपालमा अहिले संक्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यसहप्ता नेपालमा सङ्क्रमित दर २२८ प्रतिशतले वृद्धि भएको जानकारी दिइन्। उनका अनुसार यसहप्ता यहाँको सङ्क्रमण दर भारतको जस्तै रहेको छ ।

गतवर्ष भारतमा नेपालको भन्दा एक महिनाअघि नै बढी सङ्क्रमण दर रहेको यसवर्ष भने नेपाल र भारतको सङ्क्रमणको दर एउटै रहेको उनले जानकारी दिइन्। ‘चार हप्तामा भारतजस्तै नेपालमा सङ्क्रमणको दर छिटो छिटो बढेको छ’, उनले भनिन्, ‘नेपालमा भारतमा भन्दा बढी सङ्क्रमण दर रहेको छ।’

नेपाल भारतभन्दा द्रुत गतिमा सङ्क्रमणको दर बढिरहेको उनको भनाइ छ । भारतमा जस्तै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ। संसारभरमा नेपाल अहिले सङ्क्रमण सार्नेमा सबैभन्दा उच्च रहेको उनले सुनाइन्। एक जनाले दुई जनाभन्दा बढीलाई सङ्क्रमण सारिरहेको छ । बुधबारमात्र चार हजार ८९७ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म नेपालमा तीन लाख १२ हजार ६९९ जनामा सङ्क्रमण, दुई लाख ७९ हजार २७९ जना निको र तीन हजार २११ को निधन भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक महिनामा एक लाख ९३ हजार सङ्क्रमित
उनका अनुसार यही दरमा सङ्क्रमण फैलिने हो भने एक महिनामा एक लाख ९३ जना सङ्क्रमित हुनसक्ने छन्। ‘एक वर्षमा जति सङ्क्रमित फेला पारेका थियौँ, सङ्क्रमित यही दरमा बढ्ने हो भने तीन महिनामा विगत एक वर्षको सङ्क्रमितको सङ्ख्या पुग्ने छ’, उनले भनिन्, ‘सङ्क्रमतिको सङ्ख्या मात्र होइन मृत्यु पनि त्यसरी नै बढ्ने छ, यही गति दरमा सङ्क्रमण बढ्ने हो भने हामीले १०० देखि १५० मानिसलाई गुमाउनु पर्छ ।’ बुधबार १७ जनाको निधन भएको छ ।

२४ घण्टामा ४८९७ जनामा संक्रमण पुष्टि
नेपालमा २४ घण्टामा ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ। १३ हजार ८ सय ७९ नमुनाको पिसिआर परीक्षण गर्दा ४ हजार ७ सय ७४ र ९ सय ५५ जनामा एन्टिजेन परीक्षण गरिएकोमा १ सय २३ जनामा संक्रमण पुष्टि भएको छ।

गत सोमबारयता हालसम्म ४० हजार ९ सय ५१ जनाको पिसिआर परीक्षण भएको छ भने १२ हजार ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, २४ घण्टामा १ हजार ७ सय ६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

बुधबार देशभर सक्रिय संक्रमित ३० हजार २ सय ९ रहेका छन्। जसमध्ये २ हजार ३ सय ६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा २७ हजार ८ सय ४५ छन्।

भक्तपुरमा २ सय ३२, ललितपुरमा ३ सय ५१ र काठमाडौंमा १ हजार ४ सय ६४ गरी उपत्यकाभर २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com