सामान्य गाउँले युवतीबाट व्यवसायीक हाइ प्रोफाइल कल गर्ल बनेकी ‘जुनकिरी’ सर्वनाममा चम्किदै


प्रकाशित मिति : भाद्र ९, २०७३ बिहीबार

 

नानी थापाद्वारा लिखित, निर्देशित र अभिनित नाटक ‘जुनकिरी’ सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ । भदौ ३ देखि सुरु भएको नाटक भदौ ११ सम्म चल्नेछ ।

करिब सवा १ घण्टा अबधिको यो एकल नाटकमा दर्शकलाई नृत्य, गीत, कबिता लगायत अभिनयका विभिन्न आयामहरुद्वारा चरित्रले बाध्ने कोशिश गर्दछे ।

धर्तीकी जुनकिरी र आकाशकी जून सुर्यको उज्यालोमा भन्दा अन्धकार रातमा बढी चम्किने र अस्तित्व प्राप्त गर्ने भएकाले यही समानता र केही भिन्नतालाई नाटकमा देखाउन खोजिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एउटी सामान्य गाउकी युवती कसरी ब्यबसायिक हाइ प्रोफाइल कल गर्लको रुपमा स्थापित हुन पुग्छे र एक दशक जिवनकालको यात्रामा उसँग जोडिएका र छुट्टिएका केही पात्रहरुको कथा पनि नाटकमा बुनिएको छ ।

एक आँटिली र बिद्रोही स्वभाबकी जुनकिरी नाटकभित्र विश्व समुदायलाई नै चुनौति दिन पनि पछि हटेकी छैन । आफुले प्रेम गरेको युबकको लागि जूनकिरीको अन्त्यन्त उदार समर्पणको भाब नाटकभित्र छ्ताछुल्ल पोख्ने कोसिस गरिएको छ ।

साहित्यमा रुचि भएकी जूनकिरीमार्फत नाटकभित्र गीत, नृत्य, गजल,कबिता लगायत हाँसो,रोदन,मिलन,बिछोड,क्रोध,श्रृंगार, भयानक अर्थात् अभिनयका नौ ओटै रस मार्फत प्रस्तुत हुने प्रयास गरिएको छ ।

14021505_679461825536356_4061331865399261726_n 14022209_679461875536351_1559746579881576453_n 14055060_679461718869700_8517831055852620756_n 14089057_673842412773479_2437072760459082657_n 14115392_550323658503560_285532104828641146_o 14124389_674347599389627_7145446098434925001_o 14125766_674347412722979_6295559461334883459_o

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com