कोरोना रोकथामका लागि सर्वपक्षीय संयन्त्र गठन गर्न माओवादीको माग


प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार

नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र गठन गर्न सरकारसँग माग गरेको छ। मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले उक्त माग गरेको हो।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक दल, नागरिक समाज, चिकित्सक, सामाजिक संघसंस्थालगायत सबै एकताबद्ध भएर अघि बढ्न अपिल गर्ने निर्णय गरिएको जानकारी दिए।

यसैगरी माओवादीले भारतमा कोरोनाको दोस्रो लहर तीव्र बनेको र नेपालमा सीमाना खुला भएको सन्दर्भमा सीमालाई कडाइपूर्वक नियन्त्रण गर्न र नेपाल प्रवेश गर्नेहरुले अनिवार्य परीक्षणको प्रक्रिया पूरा गर्नैपर्ने गरी कडाइ गर्न सरकारसँग माग गरेको छ।

कोरोना रोकथाम र नियन्त्रण गर्न अस्पतालहरुलाई डेडिकेटेड कोभिड अस्पताल बनाउने प्रक्रिया अगाडि बढाउन, अक्सिजन, भेन्टिलेटर, आइसीयुको व्यवस्था गर्न, आइसोलेसनको व्यवस्था र आवश्यक आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था तथा स्वास्थ्यकर्मीलाई काम गर्ने उपयुक्त वातावरण निर्माण गर्न पनि माओवादीले माग गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, कोरोना कहरमा मजदुरलाई तत्काल राहत प्याकेज दिन र पार्टी पंक्तिलाई कोभिड रोकथामका लागि लाग्न पनि माओवादी बैठकले आग्रह गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com