नेपालमा २४ घण्टामा ४५२४ संक्रमित, १८ को मृत्यु, स्वास्थ्यकर्मीहरुलाई लामो बिदा नलिन निर्देशन


प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार

नेपालमा कोरोना संक्रमण आकाशिने क्रम जारी छ। २४ घण्टाको तथ्यांकअनुसार एकै दिन देशभर ४५२४ व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ।

१४६७२ जनामा पिसिआर परीक्षण गर्दा ४३६४ जनामा संक्रमण देखिएको छ। यो कुल परीक्षणको करिब ३० प्रतिशत हो। १००९ मा एन्टिजेन परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ भने हालसम्म ३१९४ जनाको मृत्यु भएको छ।

देशभर १० वटा जिल्लाहरुमा ५०० भन्दामाथि सक्रिय संक्रमित रहेका छन् भने ९ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै देशभर ३१५ जना आईसीयुमा उपचाररत रहेका छन् भने ८४ जना भेन्टिलेरमा रहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्यकर्मीहरुलाई लामो बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन
यसैबीच, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई लामो बिदा नलिन निर्देशन दिएको छ।

एक सूचना जारी गर्दै केन्द्रले कोरोना संकटमा अस्पताल व्यवस्थापन गर्नका लागि सुझाउँदै कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्न सबै अस्पतालहरुलाई आग्रह गरेको छ।

त्यस्तै लामो बिदामा बसेका चिकित्सकलाई तुरुन्त कार्यालयमा हाजिर हुन र खाली दरबन्दी भएका ठाउँमा तत्काल जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

बढी जनशक्ति आवश्यक भएमा ६ महिनाका लागि करारमा नियुक्ति गर्ने र यी सबैको जानकारी मन्त्रालयमा पठाउन निर्देशन गरिएको छ।
उपलब्ध अस्पताल शय्या, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीको संख्याका आधारमा अस्पतालले बहिरङग सेवा, इलेक्टिभ सर्जरीलगायतका सेवा हाललाई बन्द गर्ने निर्णय गरिएको छ। तर आकस्मिक सेवा भने सुनिश्चित हुनेछ।

त्यस्तै सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com