काठमाडौं उपत्यकाको निषेधाज्ञामा के गर्न पाइने, के नपाइने?


प्रकाशित मिति : बैशाख १३, २०७८ सोमबार

काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा वैशाख १६ गतेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी भएको छ। तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

निषेधाज्ञाको समयमा सभा,सम्मेलन, गोष्ठीलगायत बढी भीडभाड हुने कार्यक्रमलाई प्रतिबन्ध लगाइएको छ। विवाह,ब्रतबन्धका हकमा भने बढीमा १५ जना उपस्थित हुन पाउने छन्।

यस्तै सार्वजनिक र निजी दुवै किसिमका सवारीसाधन बन्द हुनेछन्। अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालनमा भने प्रतिबन्ध लगाइएको छैन।

खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्ममात्र खुला गर्न पाइनेछन्। डिपार्टमेन्ट स्टोरका हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com