बढ्दै महामारी, मास्क नलगाउने १६ सयलाई सडकमै ‘होल्ड’, आंशिक लकडाउनको तयारीमा सरकार


प्रकाशित मिति : बैशाख १२, २०७८ आईतबार

कोरोना महामारी बढ्दै गर्दा काठमाडौंमा मास्क नलगाइ हिँड्नेलाई प्रहरीले सडकमै उभ्याएर राख्न थालेको छ ।

सोमबार बिहानमात्रै काठमाडौंका विभिन्न स्थानमा गरेर १६ सयजनालाई सडकमै ‘होल्ड’ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिनुभएको छ । उहाँका अनुसार यसअघि मास्क अनिवार्य लगाउन प्रहरीले पटक पटक आग्रह गर्दै आएको थियो ।

कोरोना संक्रमण बढेपछि यस्तो गर्नुपरेको प्रहरीले जनाएको छ । ‘होल्ड’ गरेर राखिएकालाई केहीबेरपछि छाडिएको थियो ।

नेपालमा कोरोना संक्रमणदर यसरी बढेको छ ।

प्रहरीले सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा मास्क नलगाइ हिँड्नेलाई सडकछेउमै उभ्याएर राख्न थालेको हो ।कोरोना संक्रमण बढेसँगै मास्क अनिवार्य गरे पनि कैयौँ स्थानमा अझै मास्कबिना हिँडिरहेको पाइएपछि सडक छेउमै उभ्याएर राख्न लागिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महामारी नियन्त्रणबारे निर्णय गर्ने तयारी

यसैबीच सरकारले कोरोना महामारी नियन्त्रणबारे निर्णय गर्ने तयारी गरेको छ । त्यसका लागि प्रधानमन्त्री केपी ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।

एक मन्त्रीका अनुसार मन्त्रिपिरषदले लकडाउन गर्नेबारे निर्णय लिने सम्भावना छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने तत्काल देशव्यापी रूपमा लकडाउन हुने सम्भावना नरहेको बताएका थिए । पार्टी प्रवक्ता समेत रहेका ज्ञवालीले तीव्र गतिमा सङ्क्रमण फैलिरहेका हटस्पटहरूमा आंशिक लकडाउन हुनसक्ने भए पनि राष्ट्रव्यापी त्यस्तो नहुने जानकारी दिएका थिए ।

आइतबार उपत्यकाको तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले लकडाउन वा निषेधाज्ञा गर्न सुझाव दिएको थियो ।

सीसीएमसीले पहाडमा २ सय र सहरी क्षेत्रमा ५ सय संक्रमित भएका जिल्ला कोभिड व्यवस्थापन केन्द्रले निषेधाज्ञा गर्न सक्ने अधिकार दिएको छ ।

पूर्व निर्धारित सबै परीक्षा स्थगित

त्यस्तै  सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज अधिकारीले जानकारी दिनुभयो ।

कोभिड–१९ को बढ्दो संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक आदेश गर्दै उपत्यकासहित ठूला शहरहरूमा विद्यालय बन्द गरेको सरकारले चालु परीक्षाहरू नरोक्ने निर्णय गरेको थियो । बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसींलाई दिन सिफारिस गरेको छ ।

पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

यस्तै हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ । ट्रान्सजिट उडान रोक्न र स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्न पनि सिफारिस भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com