वैकल्पिक सरकार गठनमा विपक्षी दलहरु अझै अनिर्णित


प्रकाशित मिति : बैशाख १२, २०७८ आईतबार

वर्तमान केपी ओली सरकारको विकल्पमा बहस र संवाद जारी रहे पनि राजनीतिक दलहरु भने अझै अनिर्णित रहेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझै अविश्वासको प्रस्ताव अगाडि बढाउने आँट गर्न सकेको छैन भने सरकारको नेतृत्व लिन पनि हिच्किचाइरहेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले ओली नेतृत्वको विकल्पमा नयाँ सरकार गठनको प्रयासलाई जारी राख्ने निष्कर्ष निकालेको छ। सरकारविरुद्ध तत्कालै अविश्वास प्रस्ताव ल्याउने तयारी नरहेको कांग्रेसले प्रष्ट पारेको छ।

पार्टी केन्द्रीय समितिको निर्णयअनुसार सरकार गठनका लागि प्रयास जारी रहे पनि अहिले नै अविश्वास प्रस्ताव ल्याउने तयारी नरहेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकार गठनका लागि पहल भइरहेको र त्यो अहिले पनि जारी रहेको बताउँदै उनले संख्याको ग्यारेन्टी नभएसम्म अविश्वास प्रस्ताव ल्याउनु बुद्धिमानी नहुने बताएका छन्।

उता नयाँ सरकार गठनमा प्रमुख ‘साचो’ मानिएको जनता समाजवादी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयलाई लिएर विभाजनकै संघारमा पुगेको छ। यसले गर्दा भावी सत्ता समीकरणको विषयमा अनिर्णित बनेको छ। अध्यक्ष महन्थ ठाकुरसहित साबिकको राजपाबाट प्रतिनिधित्व गर्ने नेताहरु प्रधानमन्त्री ओलीले आफ्ना माग पूरा गर्न प्रक्रिया नै सुरु गरेकाले उनैलाई समर्थन दिनुपर्ने अडानमा छन्।

अर्का अध्यक्ष उपेन्द्र यादवसहित साबिकको समाजवादी पार्टीका नेताहरु भने ओलीलाई जसरी पनि सत्ताबाट हटाउनुपर्ने अडानमा छन्। यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भावी सत्ता समीकरणका लागि कांग्रेस र माओवादी केन्द्रसँग निरन्तर छलफलमा छन्। तर, उनीहरुले पनि नतिजा हात पार्न सकेका छैनन्।

माओवादीको अवस्था पनि उस्तै छ। उसले न सरकारबाट समर्थन फिर्ता लिन प्रक्रिया अगाडि बढाएको छ, न सरकारविरुद्ध अविश्वास प्रस्ताव। बुधबार बसेको पार्टी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com