सञ्चारमाध्यमलाई स्वास्थ्य मन्त्रालयको आग्रह : मास्क प्रयोग नगर्ने व्यक्तिका समाचार बन्द गरौं


प्रकाशित मिति : बैशाख १२, २०७८ आईतबार

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोकथामका लागि अबका दिनमा सञ्चारमाध्यम झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नुपर्ने बताएको छ।

मन्त्रालयले आमसञ्चारका माध्यममा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै कार्यक्रमका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गर्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आइतबार सार्वजनिक सूचना जारी गर्दै मास्कको प्रयोग नगर्ने व्यक्तिका समाचार सूचनालाई निरुत्साहित गर्न र बन्द गर्न पनि आग्रह गरेका छन्।

संक्रमण रोकथामका लागि नेपाल सरकारले तोकेका मापदण्ड निर्विकल्प उपाय भएको उल्लेख गर्दै मन्त्रालयले संक्रमणको चक्रलाई रोक्न नसकिए र यही गतिमा फैलँदै गए केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म नहुनेतर्फ पनि सचेत गराएको छ।

मन्त्रालयले सबैले संक्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन अत्यावश्यक रहेको सूचनामा उल्लेख गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘व्यक्ति व्यक्तिले निर्वाह गर्नसक्ने भूमिबाट कसैलाई विचलित हुन नदेऔं, खबरदारी गरौं, आफूले अरु सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसफाइमा ध्यान दिने गरौं,’ सूचनामा भनिएको छ।

यस्तै,सार्वजनिक समारोह र सार्वजनिक स्थलमा कार्यक्रम नगर्न, नगराउन पनि समाजका अगुवालाई अपिल गरिएको छ।

छिमेकी देशमा कोरोनाले स्वास्थ्य सेवा प्रवाह प्रणाली तहसनहस बनाएको र देशका विभिन्न स्थानमा उस्तै किसिमका दुःखद अवस्थाआइसकेको देख्दादेख्दै पनि सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिकाहरु निर्वाह नगरेकोप्रति पनि मन्त्रालयले औंल्याएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com