भूकम्पको ६ वर्षपछि उठ्यो धरहरा, प्रधानमन्त्रीद्वारा उद्घाटन


प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार

gjlgld{t w/x/f sf7df8f}F, !! j}zfv M ;’gw/fl:yt gjlgld{t w/x/f . lj;+ @)&@ j}zfv !@ ut]sf] e”sDksf sf/0f elTsPsf] pQm ;Dkbf:yn glhs} csf]{ w/fx/f lgdf{0f ul/Psf] 5 . t:jL/M k|bLk/fh jGt,/f;;

भूकम्पको ६ वर्षपछि ऐतिहासिक धरहरा पुनःनिर्माण भएको छ। २०७२ वैशाख १२ गते आएको गोरखा भूकम्पका कारण ढलेको धरहरा पुनर्निमाण प्राधिकरणले ३ अर्ब लागतमा गरेका हो। पुनर्निमित धरहराको शनिबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका छन्।

सुरुमा धरहराको प्रवेशद्वारमा राखिएको शिलालेख अनावरण गर्दै ओलीले ढोकामा राखिएको रिबन काटेका थिए। त्यसपछि लिफ्टमा चढेर २० औं तलामा रहेको बाल्कोनीबाट पुष्पवृष्टि गरेका थिए।

धरहरा उद्घाटन भए पनि संरचना निर्माण अझै बाँकी रहेकाले सर्वसाधारणले भने तत्काल चढ्न पाउने छैनन्।

२०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो। २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण सुरु गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धरहरा चढ्दा आइफल टावर चढेजस्तो : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुसी अनुभव भएको बताएका छन्।

छ वर्षअघिको भूकम्पले भत्किएको धरहरानजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि शनिबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए।

‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औँ तलामा आएको छ, यो काठमाडौँ र नेपालको परिचयका रुपमा विश्वमा चिनिने छ, मैले २०७२ फागुन ४ गते म बनाउँछु, मेरो धरहरा अभियान चलाएको थिएँ, त्यसअनुरुप यो निर्माण हुन नसके पनि बन्दा सबैलाई खुसी लागेको छ’, उनले भने।

‘म बनाउँछु, मेरो धरहरा अभियानअन्तर्गत २४ करोड रुपैयाँ जम्मा भएको पनि उनले बताए।

२०७२ वैशाख १२ गते धरहरा ढलेर निधन भएका ६० जनाको परिवारका एक/एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगारी दिने घोषणा पनि प्रधानमन्त्री ओलीले गरेका छन्। धरहरा क्षेत्रमा मिल्ने रोजगारी नभएमा अन्यत्र पनि मृतकका परिवारलाई प्राथमिकताका साथ रोजगारी दिने उनले बताए।

आयोजक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सुन्धाराको ४२ रोपनी क्षेत्रफलमा भूकम्प एवं चारतल्ले मुद्रा सङ्ग्रहालय, २४सै घण्टा पानी खस्ने सुन्धारा, घुम्न आउने आगन्तुकका पार्किङस्थललगायत संरचना पनि निर्माण भइरहेको बताए।

प्राधिकरणका सचिव मणिराम गेलालले सुन्धारा क्षेत्रमा धरहरा, भूकम्प एवं मुद्रा सङ्ग्रहालय, आकाशेपुल, पार्किङ, बगैँचालगायत संरचना निर्माणका लागि पाँच अर्ब ७६ करोड लागत अनुमान गरिएकामा रु तीन अर्ब ४८ करोडको लागतमा ठेक्का भई काम भइरहेको जानकारी गराए।

२०७५ पुस १२ गते शिलान्यास भएको धरहरालगायत संरचनाको निर्माणको काम जिआइटिसी÷रमण जेभी कन्स्ट्रक्सनले गरिरहेको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com