प्रदेश २ को राजधानी तोक्न छलफल सुरु, नाम पारित हुन सकस हुने


प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार

प्रदेश २ को स्थायी राजधानी तोक्न शुक्रबारदेखि प्रदेश सभा बैठकमा छलफल सुरू भएको छ। प्रदेशसभा सचिवालयले आह्वान गरे अनुसार प्रस्ताव दर्ता भएपछि प्रदेशसभा बैठकमा छलफल सुरू भएको हो।

प्रदेश २ को नामकरण र स्थायी राजधानी तोक्न वैशाख ९ गतेसम्मको समयसीमा दिँदै प्रदेशसभा सचिवालय प्रस्ताव आह्वान गरेको थियो। सचिवालयमा दर्ता भएका प्रस्तावहरू मध्ये पहिलो चरणमा स्थायी राजधानीको प्रस्तावमा छलफल सुरू भएको हो।

प्रदेशको राजधानी तोक्न प्रदेशसभा सचिवालयमा दुई वटा प्रस्ताव दर्ता भएका छन्। अधिकांश दलहरूले जनकपुरलाई स्थायी राजधानी प्रस्ताव गरेका छन् भने वीरगंजका लागि पनि दुईवटा प्रस्ताव दर्ता भएको छ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), प्रमुख प्रतिपक्षी नेकपा एमाले, प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले जनकपुरलाई स्थायी राजधानी तोक्न छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कांग्रेसका सांसद राजेश्वर साह र सत्तारुढ जसपाका सांसद सिंहासन साह कलबारले भने वीरगंजलाई स्थायी राजधानी तोक्न प्रस्ताव गरेका छन्। शुक्रबारको छलफलमा सत्तारुढ र प्रतिपक्षी सांसदहरूले जनकपुरलाई स्थायी राजधानी तोक्न साझा प्रस्ताव लानुपर्नेमा जोड दिए।

प्रस्तावमाथि संशोधन दर्ताका लागि ७२ घण्टाको समय दिइएको छ।

प्रदेश राजधानीमा सहमति जुट्ने देखिए पनि प्रदेशको नामकरणमा विवाद हुने निश्चितजस्तै छ। प्रदेशको नामकरणका लागि ५ वटा प्रस्ताव दर्ता भएका छन्। जसका कारण प्रस्तावका पक्षमा दुई तिहाइ बहुमत पु¥याउन समस्या पर्ने देखिएको छ।

सत्तारुढ जसपा र माओवादी केन्द्रले छुट्टाछुट्टै रुपमा ‘मधेश’ प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ प्रस्ताव दर्ता गराएको छ भने कांग्रेसकै राजेश्वरप्रसाद साहले ‘मध्य मधेश’ प्रस्ताव दर्ता गराएका छन्।

यसैगरी नेकपा एमालेको तर्फबाट दुईवटा प्रस्ताव दर्ता भएको छ। एमाले सांसद प्रमोदकुमार यादवले ‘जानकी’ र अर्का सांसद शारदा देवी थापाले ‘जनक’ प्रस्ताव दर्ता गराएका छन्।

प्रदेशसभाको गणित
१०७ प्रदेशसभा सदस्य रहेको प्रदेश २ मा माओवादी केन्द्रले चार सांसदलाई बर्खास्त गरेपछि अब १०३ सांसद छन्। प्रदेशको नामकरण र स्थायी राजधानीको पक्षमा दुई तिहाइ बहुमत पु¥याउन ६९ सांसदको समर्थन आवश्यक हुन्छ। तर, दुई बहुमतको संख्या कुनै दलसँग छैन।
सत्तारुढ जसपाका ५५, एमालेका २१, कांग्रेसका १९, माओवादी केन्द्रका ७ र नेपाल संघीयसमाजवादी पार्टीका १ सांसद छन्।जसपा, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टीका सांसदको संख्या जोड्दा ६३ मात्रै पुग्छ। दुई तिहाइ बहुमत पुर्यााउन थप ६ सांसदको समर्थन आवश्यक हुन्छ।

स्थायी राजधानीमाथिको छलफल सकिएपछि नामको विषयमा छलफल सुरू हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com